९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

प्रदेश ५ को नाम र राजधानी तोक्न गठित समितिको म्याद ६ महिना थपियो



बुटवल ।
प्रदेश ५ को प्रदेश सभाको आज बसेको बैठकले प्रदेशको स्थायी राजधानी र नाम शिफारिस गर्न गठन भएको बिशेष समितिको म्याद पुन ६ महिना थप गर्ने निणर्य गरेको छ ।
आज दिउसो बुटवल स्थित प्रदेश सभामा बसेको प्रदेश सभाको बैठकले बिशेष समितिको म्याद ६ महिना थप गर्ने निणर्य गरेको हो ।
प्रदेशको स्थायी राजधानी र नाम शिफारस गर्न गठन भउको बिशेष समितिले प्रदेशका १२ वटै जिल्लामा पुगि सुझाव संकलन गरीसकेको छ । सुझाव संकलन पश्चात भूगोल, मौसम, वातावरण तथा सांस्कृतिक एवं सुरक्षाविदहरुसँग राय लिएर प्रतिवेदन पेश गर्न बिशेष समितिले ६ महिना समय माग गरेकाले आजको बैठकबाट म्याद थप गरीएको सभामुख पुर्ण बहादुर घर्तिले जानकारी दिनु भयो । यस अघि पनि समितिको म्याद २ पटक ३।३ महिना थप गरीएको थियो ।

प्रकाशित मिति : ३० जेष्ठ २०७६ बिहिबार ००:००  ४ : ५५ बजे