९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

उपचाररार्थ खटिएका डाक्टरमाथि र्दुव्यवहार, शिवराज अस्पतालद्धारा घटनाको निन्दा



मायादेवी अनलाइन, बहादुरगञ्ज ।
घाइतेको उपचाररार्थ खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि र्दुव्यहार भएको भन्दै शिवराज अस्पताल बहादुरगञ्जले शान्ति सुरक्षाको प्रत्याभूती गर्न माग गरेको छ । अस्तापल प्रशासनद्धारा जारी विज्ञप्तिमा घाइतेहरुको उपचार भैरहेको बेला मिनोर ओटीमा प्रवेश गरी केही व्यक्तिले अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी माथि तथानाम गालीगलोज, अभद्र व्यवहार र हातपात गरिएको उल्लेख छ ।
विज्ञप्तिमा जनाईए अनुसार बुधबार दिउँसो साढे दुई बजे टाउको र शरीरका विभिन्न भागमा चोट लागेका असर्फी यादव, किशन कुमार यादव, हिरालाल यादव, रामनिवास पासी र प्रविण यादव उपचारका लागि अस्पताल ल्याइएको थियो ।
यी विरामीलाई अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले उपचार गराईरहेका बेला शिवराज नगरपालिकाका रविदत्त मिश्र, कृष्णनगरका शिवकुमार गुप्ताले र्दुव्यवहार गरेका हुन् । यी दुवैजनालाई कानुन अनुसार कारबाही गर्न अस्पताल प्रशासनले सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
स्वास्थ्य संस्था जस्तो संवेदनशील र शान्तिपूर्ण वातावरणलाई अपराधिक क्रियाकलापबाट टाढा राख्न एवं कर्मचारीको सुरक्षाको प्रत्याभूती दिलाउन सम्बन्धित निकाय समक्ष विज्ञप्ति मार्फत आग्रह गरिएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७६ बिहिबार ००:००  ८ : ५९ बजे