एजेन्सी ।
विश्वकप क्रिकेटमा आज न्युजिल्यान्ड र भारतबीच कडा प्रतिस्पर्धा हुँदै छ । यी २ टोली नेपाली समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा आमने सामने हुने छन् । जारी विश्वकपका मुखय दावेदार यी दुवै टोली विश्वकपमा अपराजित टोली हुन् । आजको खेलले एक टिमको अपराजित यात्रामा पूर्णविराम लाग्ने छ । अंक तालिकाको शीर्ष स्थानमा रहेको न्युजिल्यान्ड लगातार चौथो खेलमा जित हात पार्ने लक्ष्यमा हुँदा भारत लगातार तेश्रो जितको खोजिमा हुने छ । यसअघि भएको तीनै खेलमा न्युजिल्यान्डले जित हात पारेको छ । आफ्नो पहिलो खेलमा श्रीलंकालाई १० विकेटले पराजित गरेर न्युजिल्यान्डले आफ्नो रवाफ छोडेको छ भने क्रिकेटको पावर हाउस अष्ट्रेलियामाथि ३६ रनको जित निकालेर भारतले आफू बलियो भएको प्रमाणित गरिदिएको छ । दोस्रो खेलमा बंगलादेशलाई दुई विकेटले पराजित गरेको न्युजिल्यान्डले तेस्रो खेलमा भने अफगानिस्तानलाई सात विकेटले पराजित गरेको थियो । यता भारतले भने पहिलो खेलमा शशक्त मानिएको टोली दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको थियो । न्युजिल्यान्डको ब्याटिङ निकै बलियो छ । त्यतिकै बलियो बलिङ पनि छ । यस्तै भारतको पनि सन्तुलित टिम छ । उसको पनि ब्याटिङ बलिङ उतिकै प्रभावकारी देखिन्छ । यसअघि विश्वकपको अभ्यास खेलमा भारत र न्युजिल्यान्डको भेट भएको थियो । त्यो खेलमा भने भारतको ब्याटिङ लाइन ध्वस्त नै भएको थियो । त्यही नतिजालाई दोहो¥याउने लक्ष्यमा न्युजिल्यान्ड रहेको छ भनेभारत त्यसको बदला लिन चाहन्छ । भारतको टिममा आज ओपनर शेखर धवन छैनन् । उनको स्थानमा खेल्न विष्फोटक ब्याट्समेन रिसभ पन्थ खेल्ने कुरो भएको छ । यद्यपी अझै फिक्स भएको छैन ।
३० जेष्ठ २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया