मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका– ६ बेलनदीमा अबैधरुपमा बालुवा उत्खनन गरी निकासीमा संलग्न एक वटा जेसिबी र ३ वटा ट्याक्टर सहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधवार बिहान प्रहरी टोलीले सो नियन्त्रणमा लिएको जनाएको छ । अबैध रुपमा नदीजन्य पदार्थ झिक्ने तथा चोरी निकासीमा संलग्न व्यक्तिहरुलाई नियन्त्रणमा लिई मुलुकी अपराध ( संहिता) ऐन, २०७४ को परिच्छेद ५ को सार्बजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धको कसुरमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुवाट १५ दिनको म्याद थपिएको प्रहरी नायब उपरिक्षक देबेन्द्र पाण्डेयले बताए ।
नियन्त्रणमा लिईएका साधनहरुलाई आवश्यक कारर्वाहीको लागि जिल्ला समन्वय समिति कपिलवस्तुमा वुझाईएको पाण्डेयले बताए । जेठ ३२ गते सम्म खोलानालको ठेक्काको म्याद रहेकाले अहिले ठेकेदारहरुले जिल्लाका सबै खोलानालामा जेसिबी लगाएर दिन रात नदीजन्य पदार्थ निकासी गर्ने गरेका छन् । यस बारे संबन्धित नगरपालिका र गाउँपालिकाहरुलाई समेत थाहा भए पनि उनीहरु मौन बसेका छन् ।
यस्तै जिल्ला अनुगमन समिति र प्रशासन कार्यालय समेतले यसबारे कुनै चासो नदिएको शिव पौडेलले बताए । ‘सबै ठेकेदारसंग मिलेका छन्, मासिक रकम बुझेका छन अनि त्यसैले त खोलामा ठेकेदारहरुको मनपरी हुँदा पनि कसैले केही बोलका छैनन्’ उनले भने ।
२९ जेष्ठ २०७६ बुधबार ००:००
0
Shares
प्रतिक्रिया