मायादेवी अनलाइन, वाणगंगा ।
बाणगंगाको कोइलीपूलनिर बुधबार दिउँसो सडक दुर्घटना भयो । दिउँसो साढे २ बजेतिर भएको सडक दुर्घटनामा दुईजना पुरुष गम्भिर घाइते भए । दैनिकजसो सडक दुर्घटना हुँने पूर्वपश्चिम महेन्द्र राजमार्गमा बुधबार दिउँसो पनि दर्दनाक घटना घट्यो । तीव्र गतिमा गुड्ने सवारी, साघुँरो राजमार्ग, लापरबाही चालक दुर्घटनाका प्रमुख कारण हुन् ।
बुधबार दिउँसोको दुर्घटनामा पनि तीव्र गतिकै कारण भएको प्रहरीको प्रारम्भिक अनुमान छ । यद्यपि प्रत्यक्षदर्शीका अनुसार ट्रकले ओभरटेक गर्दा मोटरसाइकललाई हानेको हो । कोइलीपूलनिर ठूलै घुम्ती छ । बरवर रुख विरुवाले लामो घुम्ती हुँदा गाडीलाई सहजै देख्न सकिन्न् । घुमाउरो बाटो पछि लगत्तै कोइली बनगाईको बजार आउँछ । प्रायगरी यो घुम्तीमा गाडी स्लो होइन् कुदेकै देखिन्छन् ।
वाणगंगा नगरपालिकाको वडा नम्बर ७ मा पर्ने यस सडकखण्डमा बुधबार ट्रक र मोटरसाइकल ठक्कर खाएका हुन् । नेपालमा सानै सवारीसाधनको गल्ति भएपनि ठुलै सवारीको दोष देख्न परम्परा छ । भलै बुधबारको घटना यस्तै त थिएन् कौतुहलताको विषय छ । यद्यपि जे भएपनि घटना एकदमै दर्दनाक र कारुणिक थियो ।
पूवबार्ट पश्चिम तर्फ गइरहेको ना ३ ख २१ ७५ नम्बरको ट्रकले विपरित दिशामा रहेको लु ३६ प १८८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजना गम्भिर घाइते भएका हुन् । घाइते हुनेहरुमा शिवराज नगरपालिका वडा नं. ७ चनईका हरि थारु र सोही ठाउँका गोविन्द थारु रहेका छन् । घाइते दुवैजनाको बुटवलमा उपचार भैरहेको छ ।
घाइते मध्ये एक जनाको घुँडातल गम्भिर चोट छ । एउटा खुट्टा चुडिएजस्तै छ । अर्को खुट्टा भाँचिएको छ । अर्को घाइतेको पनि स्थिती उस्तै छ । दुवै जनाको कम्मरतल गम्भिर चोट छ । यद्यपि इलाका प्रहरी कार्यालय पिपराका अुनसार घाइतेको अवस्था खतरामुक्त छ ।
दुर्घटनापछि मोटरसाइकल सडकबाट उछुट्टिएर बाहिर पल्टिएको थियो ।
मोटरसाइकल टुक्रा टुक्रा थियो । दुर्घटनास्थल नजिकै घरहरु भएको कारण घाइतेले तत्कालै उद्धार पाए । घाइतेको उद्धारका लागि बनगाईबासी खटिए । घाइतेका शरिरका चोट हेर्दा अधिकांश मुर्छित जस्तै थिए । धेरैजसोले चोट हेर्न सकेका थिएनन् । कतिपय दिदीबहिनीले आफ्ना आँशु पुच्छै आफुले ओढेको सलले घाइतेको चोट ढाकेका थिए ।
मोटरसाइकललाई ठक्कर दिएपछि ट्रकमा सवारी सबै जना फरार भए । ट्रक छाडेर चालक सहित चार जना जंगलतिर भागेका हुन् । प्रत्यक्षदर्शीका अुनसार घाइतेलाई उद्धार गर्नुको साटो जंगलतिर फरार भएको बताए ।
ट्रक चालक अहिले फरार छन् । ट्रकलाई अहिले इलाका प्रहरी कार्यालय पिपराले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया