एजेन्सी ।
१९ औँ विश्वकपमा अष्ट्रेलियाले पाकिस्तानसामु ३ सय ८ रनको लक्ष्य प्रस्तुत गरेको छ । इङ्ल्याण्ड र वेल्समा जारी खेलमा अष्ट्रेलियाले सुरुवाती चरणमा आक्रमक व्याटिङ गरेपनि पाकिस्तानका बलर चम्किए । ४९ ओभरमै अलआउट भएको अष्ट्रेलिया विरुद्ध पाकिस्तानले केहिबेर पछि जवाफि व्याटिङ गर्नेछ ।
टस हारेर पहिले ब्याटिङ्को निम्तो पाएको क्रिकेट पावर हाउस अष्ट्रेलियाले पास्कितानमाथि मध्यम लक्ष्य दिएको हो ।
पाकिस्तानलाई यो योगफल दिलाउनमा वार्नरको प्रदर्शन महत्वपूर्ण रह्यो । आजको खेलमा शतक प्रहार गर्दै उनले जारी एकदिवसीय विश्वकप क्रिकेटमा पहिलो शतक बनाएका छन् । एकवर्षको प्रतिबन्धपछि राष्ट्रिय टोलीमा फर्किएका वार्नरले पाकिस्तानविरुद्ध शतक बनाएका हुन् ।
उनले १ सय २ बलमा शतक पूरा गरी १०७ रन बनाए । योसँगै वार्नरको एकदिवसीय क्रिकेट करिअरमा शतक संख्या १५ पुगेको छ । उनले विश्वकपमा अष्ट्रेलियाले चौथो खेल खेल्दा वार्नरले तीन खेलमा उत्कृष्ट प्रदर्शन गरेका छन् ।
पहिलो खेलमा अफगानस्तानविरुद्ध सात विकेटको जित निकाल्दा उनी ८९ रनमा अविजित रहेका थिए । भारतविरुद्ध पराजित भए पनि वार्नरले ५६ रन बनाएका थिए ।
एक वर्षको प्रतिबन्धपछि राष्ट्रिय टोलीमा फर्किएका वार्नर सहिन साह अफ्रिदीको बलमा इमाम उल हकमार्फत क्याच भएका थिए ।
कप्तान आरोन फिन्चले ८२ रन बनाए । ८४ बलको सामना गरेका फिन्चले ६ चौका र ४ छक्का प्रहार गरे । शतक नजिक पुगेका उनी मोहम्मद अमिरको बलमा मोहम्मद हफिजमार्फत क्याचको सिकार भए । फिन्च र वार्नरको उत्कृष्ट साझेदारीमा अष्ट्रेलियाले २२ ओभरमा विना विकेटको क्षतिमा १ सय ४६ रन जोडेको थियो । तर लगत्तै फिन्च आउट भए । सा मर्सले २३ रन जोड्दा ग्लेन म्याक्सवेलले २०, स्टेभन स्मिथले १०, उसमान ख्वाजाले १८ रन बनाए । मोहम्मद अमिरको बलमा मर्स क्याचआउट हुँदा म्याक्वेल अफ्रिदीको बलमा बोल्ड भए । स्मिथ मोहम्मद अफिजको बलमा आसिफमार्फत तथा ख्वाजा अमिरको बलमा वाहब रियाजमार्फत क्याच भए ।
नाथन कल्टरलाई वाहब रियाजले २ रनमा पवेलियन फर्काउँदा प्याट कुमिन्स २ रनमा हसन अलिको बलमा सरफराजमार्फत क्याच भए । एलेक्स केरी २० रनमा एलबिडब्लु धरापमा पर्दा मिचेल स्टार्कले ३ र केन रिर्चडसन १ रन बनाए । पाकिस्तानका मोहम्मद अमिरले ५ विकेट लिए । सहिन साह अफ्रिदीले २ विकेट लिदाँ हसन अलि,वाहब रियाज,मोहम्मद हफिनले १-१ विकेट लिए ।
प्रतिक्रिया