पोखरा-पोखरामा प्रहरीको गोली लागेर घाइते भएका लागु औषध कारोबारी गोविन्द थापा खतरामुक्त रहेको चिकित्सकले बताएका छन् । देब्रे खुट्टाको घुँडा मुनी गोली लागेका थापाको पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठान पश्चिमाअञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका डाक्टर सुमन पौडेलले थापाको अवस्था खतरामुक्त रहेको बताए ।प्रहरीले थापा कुख्यात लागु औषध कारोबारी र नियमित सेवनकर्ता रहेको जनाएको छ । ठूलो परिमाणमा लागु औषध ओसार पसार गरिरहेको अवस्थामा उनलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको हो । उनको साथबाट कम्तिमा १५ सय सेट लागु औषध बरामद भएको छ । पक्राउ परेका थापा यसअघि लागु औषध ओसार पसार गरेको मुद्दामा कतारमा सन २११४ देखि १८ सम्म कारावासको सजाय भुक्तान गरेका थिए ।
२९ जेष्ठ २०७६ बुधबार ००:००
0
Shares
प्रतिक्रिया