गणेश बेल्बासे, अर्घाखाची ।
जिल्लामै नमुना कार्य गरेर सबैको ध्यान खिच्ने अर्घाखाँचीको शितगंगा नपा। ९ स्थित पाँकुरी आधारभूत विद्यालयले एक कार्यक्रमको आयोजना गरी विद्यालय पोशाक वितरण गरेको छ ।
पाँकुरी आधारभूत विद्यालयले चलाएको ’’शैक्षिक सुधार अभियान’’ नामक शैक्षिक अभियान मार्फत रु। ३० हजार बराबरको ५० थान विद्यालय पोशाक विद्यालयमा कक्षा १ र २ मा अध्ययनरत ५० जना विद्यार्थीहरूलाई वितरण गरेको हो ।
विगत लामो समयदेखी विभिन्न अभियान संचालन गरी चर्चामा आउने गरेका विद्यालयका प्रअ समेत रहेका अभियान्ता गणेश बेल्वासेले यस पटक विद्यार्थीहरुलाई निशुल्क पोषाक वितरण गरेको जानकारी दिए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितीका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी, बुद्धिजिवी, शिक्षाप्रेमी व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
सोही कार्यक्रममा बोल्ने वक्ताहरूले पाँकुरी आ।वि। का प्रअ गणेश बेल्बासेले गरेका विविध शैक्षिक कार्यहरुको खुलेर प्रशंसा सहित धन्यवाद दिएका थिए । साथै उक्त कार्यक्रमकै अवशरमा विद्यालयमा शत प्रतिशत हाजिरि हुने २० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरीएको छ । मासिक रुपमा शत प्रतिशत हाजीरी हुने विद्यार्थीलाई सम्मान गरिने कार्यक्रम राखीएको प्रअ गणेश बेल्वासेले वताए ।
प्रतिक्रिया