अजय मिश्र, कपिलवस्तु ।
कपिलवस्तुको कृष्णानगर नगरपालिका ६ कर्मा निवासी पूर्व मन्त्री ईश्वर दयाल मिश्रको धर्मपत्नीको अन्त्येष्टी गरिएको छ । उहाकी धर्मपत्नी सकुन्तला मिश्रको ५० वर्षको अल्पायूमै असमायिक निधन भएको थियो ।
मिश्रको भारतको लखनऊमा उपचारको क्रममा मृत्यु भएको थियो। हिजो रात्रि ९ बजे सकुन्तलाको शब घरमा ल्याइएको थियो। उहाको आज दिउसो सयौको उपस्थितीमा अन्त्येष्टी गरिएको हो । आज करिब १२ बजे डबरा को सुरई खोला मा हिन्दू परम्परा अनुसार दाग बत्ती दिइएको छ। जस्मा ईष्ट मित्र, नातेदार, र समर्थक हरूको ठूलो उपस्थित थियो।
२८ जेष्ठ २०७६ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया