मोरङ ।
धनपालथान गाउँपालिका ४ गदिया खोला नजिक भ्यानको ठक्करबाट १ जनाको ज्यान गएको छ भने २ जना घाइते भएका छन् ।
रंगेली बिराटनगर सडक खण्डमा बिहान एनएमसी डेरी उद्योग झापाको मे १ च ४६०९ नम्बरको भ्यानले पैदलयात्री धनपालथान गाउँपालिका४ बस्ने वर्ष १२ को मोहमद जवार, वर्ष १८ को मोहमद कैफ र बस्ने वर्ष १५ को अफसार अन्सारीलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते तिनै जनालाई उपचारको लागि न्यूरो अस्पताल विराटनगर ल्याइएमा उपचारको क्रममा मोहमद जवारको बिहान ज्यान गएको हो ।
२ जनाको यही अस्पतालमा उपचार भैरेहेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । ठक्कर दिने भ्यान र चालक झापा मेची नगरपालिका ७ बस्ने वर्ष २२ को गोविन्दप्रसाद अधिकारीलाई पक्राउ गरेको प्रहरीले जनाऐको छ ।
प्रतिक्रिया