९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

दक्षिण एशीयामा सबैभन्दा सुदृढ बैंकिङ प्रणाली नेपालमा रहेको अर्थमन्त्रीको दाबी



काठमाडौँ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले दक्षिण एशीयामा सबैभन्दा सुदृढ बैंकिङ प्रणाली नेपालमा रहेको दाबी गरेका छन् । उनले नेपालको बैंकिङ प्रणाली राम्रो भएकै कारण विदेशी बैंकहरुले नेपालको बैंकलाई ऋण दिन सुरु गरेको पनि स्पष्ट पारे ।
पूँजी र निक्षेपको अनुपात मात्रै हेर्ने हो भने पनि नेपालको बैंकिङ प्रणाली दक्षिण एशीयामा सबैभन्दा राम्रो रहेको उनको भनाई छ ।
अर्थमन्त्री खतिवडाले बैंकिङ प्रणाली राम्रो भएकाले नेपालमा वैदेशिक लगानी भित्रने सम्भावना बढेर गएको समेत बताए ।
मंगलबार काठमाडौँको टंगालमा निक्षेप तथा कर्जा सुरक्षण कोष कार्यालय भवनको शिलान्याश गर्दै उनले निक्षेप विमा कार्यक्रमलाई अझै प्रभावकारी बनाउँदै लैजानुपर्र्नेमा पनि जोड दिए ।
त्यस अवसरमा अर्थमन्त्री खतिवडाले निक्षेप तथा कर्जा सुरक्षण कोषलाई बलियो बनाउन आगामी आर्थिक वर्ष भित्र यसको कोष १० अरव पु¥याउने घोषणा पनि गरे ।
सो कोषलाई बलियो बनाएर विपन्न वर्गलाई पनि बैंकिङ प्रणालीमा समावेश गराउने अर्थमन्त्री खतिवडाको योजना छ । कार्यक्रममा कोषका प्रमुख कार्यकारी अधिकृत विष्णुबाबु मिश्रले कोषले चालू आर्थिक वर्षको नौं महिनामा २ अरव मुनाफा आर्जन गर्न सफल भएको जानकारी दिए ।
उनले सबै प्रदेशको कोषको शाखा कार्यालय स्थापनाका लागि जग्गा खरिदको काम सम्पन्न गरिएको पनि बताए ।
कोषको भवनको निर्माण कार्यको जिम्मेवारी भ्याली बाबुरत्न जेभी कम्पनीलाई दिइएको छ ।यस भवनको निर्माणका लागि ६ करोड ६८ लाख ५१ हजार ३९६ रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७६ मंगलबार ००:००  २ : ४४ बजे