९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

सरुमारानी गाउँपालिकाले दियो १२० जनालाई रोजगारी



सलिम अन्सारी, प्युठान ।
जिल्लाको सरुमारानी गाँउपालिकाका प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । सो कार्यक्रम अन्तरगत गाँउपालिकाले गाउपालिका भित्रका युवाहरुलाई रोजगारी समेत दिएको छ । रोजगारीको माग गर्दै फारम भरेका युवाहरु मध्ये अहिल पहिलो चरणमा १२० जना युवाहरुलाई रोजगारी दिइएको गाउपालिकाका पुर्वाधार बिकास समिती संयोजक चिन्त बहादुर सोमैले बताउनुभयो ।
बेरोजगार नागरिकलाई रोजगार दिने उद्देश्यले सुरु गरिएको यस कार्यक्रममा गाउँपालिकाले प्रत्येक वडाबाट २० २० जनाका दरले छनोट गरी युवालाई रोजगार दिन लागेको हो ।
रोजगार कार्यक्रमअन्तर्गत ६ वटा वडाका १ सय २० जनाले तीस दिन सम्म काम गर्न पाउनेछन् । गाउँपालिकाको दररेट अनुसार प्रत्येक ज्यामीलाई दैनिक ६ देखि आठ सय रुपैँया सम्म ज्याला दिइने गाउँपालिकाका प्रशासकीय अधिकृत अमर ओलीले बताउनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि गाँउपालिकामा कुल ३० लाख रुपैयाँ बजेट आएको छ ।
बेरोजगार युवाहरुले साना साना पूर्वाधार निर्माण, श्रममूलक काम, सडक निर्माण, कृषि, सिचाइ, खानेपानी लगायतका क्षेत्रमा खटिएर काम गर्ने छन । उनिहरुले बड्डडाडा जस्पुर सडकमा नाला बनाउने र हंसपुरको प्रभु सिचाई कुलो निर्माणको काम गरिरहेका छन ।

प्रकाशित मिति : २८ जेष्ठ २०७६ मंगलबार ००:००  ६ : ३४ बजे