९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

दोस्रो शेयर बजारबाट लाभ लिन लगानीकर्ता उत्साहित



बुटवल ।
प्रदेश नं ५ को अस्थायी राजधानी बुटवलमा पूँजी बजारको दोस्रो शेयर बजारबाट लाभ लिन लगानीकर्ता उत्साहित देखिएका छन् ।
पूँजी बजारमा प्रवेश गरेका नयाँ युवा लगानीकर्ताले बजारको रणनीति, प्रवृत्तिबारे जानकारी लिनुका साथै बजारमा देखिने नकारात्मक विषयबाट आफूलाई सुरक्षित गरेर नाफा आर्जन गर्न उत्साहित भएको बताएका छन
लगानी स्कुल काठमाडौँ र सफल नेपाल इन्भेष्टमेन्ट कम्पनीले संयुक्त रुपमा आयोजना गरेको शेयर बजारसम्बन्धी कार्यशालामा सरोकार भएकाले बजारमा व्यावहारिक रणनीति अवलम्बन गरेर पनि नाफा लिन सकिने बताए ।
त्रिभुवन विश्वविद्यालयका प्राडा मनोहरकृष्ण श्रेष्ठले शेयर बजार जसले बढी किनबेच गर्छ उसले कहिल्यै पनि बजारबाट नहार्ने उल्लेख गर्दै प्राथमिक शेयरलाई दोस्रो बजारमा एकबाट अर्कोमा हस्तान्तरण गरेर हुर्काउन सकिन्छ भने ।
उनले बजार बढ्दा शेयरहोल्डमा नराख्न लगानीकर्तालाई आग्रह गर्दै मार्जिन आएपछि नाफा लिन सक्नुपर्ने बताए । प्रा श्रेष्ठलाई शेयर बजारमा ४० वर्षको लामो अनुभव छ । लगानी स्कुलका सुदर्शन कडरियाले पूँजी बजारमा जुन व्यवहार हुन्छ त्यसका आधारमा बजार निर्धारण हुने उल्लेख गर्दै जोखिमको क्षेत्र भएकाले संवेदनशील रुपमा लगानी गर्न आग्रह गरे ।
प्रदेश नं– ५ को विभिन्न जिल्लाबाट शेयरसम्बन्धी शिक्षा लिन लगानीकर्ता बुटवल आएका थिए । खासगरी दाङ, कपिलवस्तु, परासी, नवलपुर, पाल्पा, अर्घाखाँचीबाट करीब ७० जना सहभागी भएको बताइएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७६ मंगलबार ००:००  ६ : ३० बजे