पाल्पा ।
खेतबारीमा अन्नबाली उत्पादन गर्न छाडेर व्यावसायिक माछापालन गर्न थालेका छन् । खेतबारीमा अन्नबाली उत्पादन गर्दा लगानीअनुसारको उत्पादन नहुँदा चिन्तित बनेका किसान व्यावसायिक माछापालनतर्फ आकर्षित हुन् ।
खेतबारीमा प्रशस्त पानीका मुहान हुने किसानले अहिले अन्नबाली उत्पादन गर्ने खेतबारीमा माछाका पोखरी निर्माण गरेर व्यावसायिक माछापालन आकर्षित भएका हुन् । परम्परागत अन्नबाली उत्पादनमा प्रतिफलभन्दा श्रम खर्चिनुपर्ने बाध्यता रहेको व्यावसायिक माछापालनमा किसान आकर्षित हुन थालेका छन् । कम लगानी र मुनाफा बढी हुने भएपछि तिनाउ गाउँपालिकाको दोभानस्थित झ्यालका युवा अन्नबाली उत्पादन हुने खेतबारी पोखरी निर्माण गरी माछापालन व्यस्त देखिएका छन् ।
तिनाउ गाउँपालिका दोभानको झ्यालामा व्यावसायिक माछापालन गर्न थालेपछि यहाँका किसानको जीवनशैलीमा परिवर्तन आएको छ । दश घरपरिवारले एक बिघा जमीनमा व्यावसायिक माछापालन गरी वार्षिक तीन÷चार करोड आम्दानी गर्न सफल हुने भनाइ छ । नेकपा माओवादीबाट स्थानीय निर्वाचनमा तिनाउ गाउँपालिकाका उम्मेदवार तथा नेकपाका प्रदेश सदस्य चक्रव्यूह थापालगायतका युवा मिलेर माछापालन व्यवसाय शुरु गरेका हुन् ।
माछापालनबाट आर्थिक लाभसँगै स्थानीयस्तरमा स्वरोजगारका कार्यक्रम सिर्जना गर्न सहयोग पुगेको हो । थापाले पाँच रोपनी जमीनमा आठ वटा पोखरी निर्माण गरी माछापालन व्यवसाय थालनी गरेको बताउनुभयो ।
२८ जेष्ठ २०७६ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया