दीपा महत, वाणगंगा ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत वाणगंगा नगरपालिका वडा नम्बर ११ का २६ जना बेरोजगार युवाले रोजगार पाएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्गरतग वडा नम्बर ११ मा ३५ सय युवाले आवेदन भरेका थिए । ती मध्ये तोकिएको मापदण्ड अनुसारका २६ जनालाई पहिलो चरण अन्तरगत रोजगार प्रदान गरिएको वडा अध्यक्ष सोमनाथ अर्यालले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो ।
उहाँले पहिलो चरण अन्तरगत २६ जनालाई रोजगारी दिएको भन्दै अबका दिनमा अन्य युवालाई पनि रोजगारी प्रदान गरिने बताउनुभयो । सोमबार वडा नम्बर ११ का प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्घाटन गर्दै वडा अध्यक्ष अर्यालले कार्यक्रमको उद्धेश्य बेरोजगारी युवालाई रोजगार प्रदान गर्नु रहेको बताउनुभयो । उहाँले दक्ष तथा सिपयुक्त युवा लाई विशेष प्राथामिकता दिने बताउनुभयो ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत रोजगार पाएका युवाले दैनिक ५ सय १७ रुपैयाका दरले पारिश्रमिक प्राप्त गर्ने छन् । उनीहरुले वाणगंगा नगरपालिका वडा नम्बर ११ मा अवस्थित भड्सडवामा निर्माणाधिन बालउद्यान पार्कमा निर्माणको काम गर्ने छन् ।
पहिलो चरण अन्गरगत उनिहरुले २८ दिनसम्म पार्क निर्माणको काम गर्ने छन् भने दोस्रो चरण अन्तगरत अन्य यूवालाई पनि रोजगारी दिने वडा कार्यलयले जनाएको छ । उद्घाटन कार्यक्रममा वडा सचिव मदन घिमिरे, वडासदस्यहरु, टोल विकास समितीका पदाधिकारी लगायतको उपस्थित रहेको थियो ।
२७ जेष्ठ २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया