मायादेवी अनलाइन, कोपवा ।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं . ५ का वडा अध्यक्ष भिष्मराज भुसालले चुनावताका गरेका सबै प्रतिवद्धता क्रमश पुरा गर्दै जाने बताउनुभएको छ । चुनावका बेला आफुले विशेषगरी प्रमुख बाटा पक्की बनाउने र साना साना बाटाहरुलाई ग्राभेल गर्ने प्रतिवद्धता जनाएको स्मरण गर्दै ति कुरा क्रमश पुरा हुँदै गएको बताउनुभयो ।
वडा कार्यालयको आयोजना तथा मायादेवी मिडिया गु्रपको प्राविधिक सहयोगमा सम्पन्न भएको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै वडा अध्यक्ष भुसालले वडाको कृषि, सिंचाई, विद्युत, शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता समस्यालाई समाधान गर्न आफु प्रतिवद्ध रहेको जिकिर गर्नुभयो ।
प्रदेश र संघीय सरकारबाट आफ्नो वडामा करोडौंका विकास निर्माणका योजनाहरु सञ्चालन भैरहेको बताउँदै वडामा कम्प्युटर इन्जिनियरिङ्ग शिक्षा सञ्चालन भएको जानकारी दिनुभयो । संघीय सरकार शिक्षा मन्त्रालयबाट बजेट ल्याएर नगरमै पहिलो पटक कम्प्युटर इन्जिनियरिङ्ग शिक्षा महेन्द्र मावि कोपवामा सुरु भएको बताउनुभयो ।
आफ्नो वडा कृषि उत्पादनको क्षेत्रमा नगरमै राम्रो उर्वराभूमि भएको बताउँदै कृषिलाई व्यवसायिक तथा आधुनिक बनाउने योजनामा पनि आफु रहेको बताउनुभयो । सिंचाइ सुविधाका लागि वडा तथा नगरबाट विभिन्न प्रयासहरु भैरहेको भन्दै संघीय तथा प्रदेश सरकारबाट पनि सिंचाइको सुविधाका लागि बजेट आएको बताउनुभयो ।
कोपवा थारु समुदायको बाहुल्यता रहेको भन्दै थारु संकृस्ती संंरक्षणमा विभिन्न प्रयास भैरहेको बताउनुभयो । थारु जातिको भाषा, संस्कृती जगेर्ना स्वरुप यस बर्ष माघी महोत्सव आयोजना गरिएको भन्दै वडामा थारु संग्राहलय बनाउने उद्घोष गर्नुभयो । कोपवा बजार भित्र रहेको पोखरी नगरको प्रमुख पर्यटकीय गन्तव्यको सुचिमा रहेको भन्दै वडाबासीको आयस्तर बृद्धि हुने खालका योजनाहरु अघि सारिएको बताउनुभयो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा सेवाग्राहीहरुले लागुऔषध, युवा लक्षित सीपमूलक कार्यक्रम, सिंचाई सुविधा, बीउविजन मलखाद, विद्युत विस्तार जस्ता समस्या उठान गरेका थिए । वडामा टेलिफोन सेवाको विस्तार हुन नसकेको भन्दै वडाध्यक्षको ध्यानाकर्षण गराएका थिए ।
सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दै गएको प्रति चिन्ता व्यक्त गर्दै सहभागीले यो विषयमा बेलैमा नसोचे सामुदायिक विद्यालय संग्राहलयको रुपमा रहने चेतावनी दिए ।
कार्यक्रममा सेवाग्राहीहरु संग सोधिएको नागरिक प्रतिवेदन र बर्हिगमन अभिमतबारे रिर्पोट प्रस्तुत गरिएको थियो । सार्वजनिक सुनुवाई कार्यक्रममा कोपवा स्वास्थ्य चौकीका मुक्ति गिरी, इलाका प्रहरी कार्यालका प्रमुख दल बहादुर बोहोरा, कृषि शाखाका अधिकृत धनिराम आचार्य, वडा सचिव दिपक पाण्डेले सेवाग्राहीले सोधेका प्रश्न र जिज्ञासाको जवाफ दिनुभएको थियो ।
२७ जेष्ठ २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया