रुपन्देही ।
रुपन्देहीमा व्यापारीमाथि धारिलो हतियार प्रहार गरिएको छ । जिल्लाको सैनामैना ३ का बिष्णु पटवा हतियार प्रहारबाट घाईते भएका छन् । उनको पाखुरामा चोट लागेको छ ।
मुर्गियामा सोमबारे हाटबजारमा ब्यापार गरिरहेका बेला उनीमाथि एक युवाले धारिलो हतियार प्रहार गरेका हुन् ।
पटवाको अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी नायब निरीक्षक बाबुराम घिमिरेले बताउनुभएको छ ।
घिमिरेका अनुसार सोमबारे बजारमा व्यापार गरिरहेका पटवाको पसलमा बुटवल १२ बेलबास घर भई हाल सैनामैना ३ सुनगाभा चोकमा बस्दै आएका बिक्रम जिटीले पसलबाट रुमाल झिकी आफुले प्रयोग गरेपछि एक अर्काबीचमा बिवाद भएपछि जिटीले धारिलो हतियार प्रहार गरेका हुन् ।
उनले लागुऔषध सेवन गरेको पाईएको प्रहरीले जनाएको छ । जिटीलाई ईलाका प्रहरी कार्यालय रन्यौराले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।
२७ जेष्ठ २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया