९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

प्रदेश ५ सरकार बजेटको अन्तिम तयारीमा



बुटवल ।
प्रदेश ५ को सरकार आगामी आर्थिक वर्ष २०७६ ७७ को बजेटको अन्तिम तयारीमा जुटेको छ । प्रदेशका सबै मन्त्रालयले आफनो मन्त्रालयलाई आवश्यक बजेटको बिवरण आर्थिक मामिला तथा योजना मन्त्रालयमा पठाईसकेका छन ।आर्थिक मामिला तथा योजना मन्त्रालय र प्रदेश योजना आयोगका पदाधिकारी सदस्यहरु केहीदिनदेखि बिहान ७ बजेदेखि साझ ७ बजेसम्म नै बजेटको तयारीमा जुटेका छन । चालु आर्थिक वर्षमा २८ अर्व ९ करोडको बजेट ल्याएको प्रदेश ५ को सरकारले आगामी आर्थिक वर्षमा ३२ अर्वको बजेट ल्याउने तयारी गरेको छ ।
प्रदेश सरकारको नीति कार्यक्रम र प्रदेश योजना आयोगले तयार पारेको आवधिक योजनालाई मुख्य आधार बनाई मन्त्रलायले बजेटको अन्तिम तयारी गरीरहेको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव किशोर जोशीले बताउनु भयो ।
मुख्यमन्त्री आफैले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हालेकाले प्रदेश योजना आयोगका उपाध्यक्ष डा. प्रकाश श्रेष्ठ बजेट निर्माणमा कर्मचारीसंगै बढी खटिनु भएको छ । उहासंगै मन्त्रालयका बजेट महाशाखाका कर्मचारीहरुले समन्वय गरीरहेका छन । डा. श्रेष्ठले केही प्रदेश गौरवका आयोजना छनौट गरेर बजेट ल्याउने तयारी गरीरहेको जानकारी दिनुभयो । प्रदेश सरकारले असार १ गते बजेट ल्याउने तयारी गरेको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७६ सोमबार ००:००  ५ : ३६ बजे