बुटवल ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भैरहवामा १० हजार घुस रकम सहित बालमनोविज्ञ शान्ति अधिकारीलाई पक्राउ गरेको छ ।
अख्तियारको बुटवल कार्यालयबाट खटिएको टोलीले आज दिउसो रुपन्देही जिल्ला अदालतमा कार्यरत बालमनोविज्ञ अधिकारीलाई घुस रकम सहित पक्राउ गरेको हो ।
सेवाग्राहीसंग मुद्दा मिलाइदिने भन्दै दश हजार रुपैयाँ घुस लिदैं गरेको अवस्थामा भैरहवा स्थित नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रबाट अख्तियारले पक्राउ गरेको अख्तियारले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको बुटवलका अख्तियार प्रमुखले जानकारी दिनुभयो ।
२७ जेष्ठ २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया