९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

२१ तोला सुनसहित बुटवलमा एक जना पक्राउ



रुपन्देही ।
बुटवलमा २१ तोला सुन सहित स्याङजाका भिमबहादुर भाट क्षेत्री पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार स्याङजा आँधीखोला ६ का ४५ वर्षीय क्षेत्रीलाई २१ तोला सुन र नगदसहित बुटवलको बसपार्क नजिकैबाट पक्राउ गरिएको हो ।
शंकास्पद रुपमा हिडिरहेका क्षेत्रीमाथी शंका लागेर खोजतलास गर्ने क्रममा २१ तोला सुन र २ लाख ६१ हजार भारतीय मुद्रा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
उनलाई राजश्व सम्बन्धी कसुर अनुसार कारवाही हुने प्रहरीले जनाएको छ । क्षेत्रीको साथबाट प्रहरीले चाँदी र मोबाइल पनि बरामद गरेको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७६ सोमबार ००:००  ९ : १४ बजे