नवलपरासी ।
पुर्बी नवलपरासीको पहाडी बिकट बुलिगंटार गाउँपालिकामा एक महिला माथि जबर्जस्ती गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बुलिगंटार गाउँपालिका वडा नं ६ भारतीपुरमा एक ३० बर्षीय दलित महिला माथि जर्बजस्ती गर्ने सोही गाउँपालिका वडा नं ६ भारतीपुर बस्ने ३६ बर्षीय लालबहादुर राना मगरलाई प्रहरी चौकी बुलिगंटारको टोलीले पक्राउ गरि जिल्ला प्रहरी कार्यालय नवलपुरमा बुझाएको प्रहरीले जनाएको छ ।
धेरै पटक हरेक बिध्वशं कार्यमा सल्गंन रही पटक पटक प्रहरी हिरासतमा परेका लालबहादुर राना मगरले निज महिलालाई पटक पटक धम्कयाएर जर्बजस्ती गर्ने गरेको र असह्य भए पछि प्रहरीमा पुग्नु परेको पीडित महिलाले बताउनुभयो ।
पीडित महिलाका अनुसार बाहिर कसैलाई भने मार्ने जस्ता धम्की दिएर महिलालाई जर्बजस्ती गरेको र स्थानीयले घटना थाहा पाए पछि प्रहरीमा पुगेको र हाल प्रहरीले पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा हिरासतमा राखेको छ ।
यसैबिच प्रहरी हिरासतमा परेका लालबहादुर राना मगरले बुलिगंटार गाउँपालिका ६ भारतीपुरका वडाध्यक्ष सुर्य बहादुर राना मगरलाई समेत ज्यान मार्ने धम्की दिएको र निजलाई ज्यान मार्ने उद्योगमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको जनाईएको छ ।
समाजमा उर्छिर्खल गतिबिधिमा सकृय लालबहादुर रानामगरलाई हदै सममको कारबाहीको माग गर्दै आज जिल्ला प्रहरी कार्यालयमा मूद्दा दर्ता गरिएको स्थानीय भारतीपुरका बासिन्दाले जानकारी दिएका छन् । वडाध्यक्ष रानामगरले आफुलाई पटक पटक धम्कयाउने लालबहादुरलाई किटानी सहितको जाहेरी दिएको बताउनुभयो ।
प्रतिक्रिया