काठमाडौं ।
कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल बलदेवले कृषिमा कम बजेट छुट्याइएकोमा असन्तुष्टि जनाएका छन् ।
कृषिलाई व्यवसायीकरण गर्न कम्तिमा कुल बजेटको पाँच प्रतिशत छुट्याउनुपर्ने उनले बताए ।
आइतबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा मन्त्री खनालले कुल बजेटको १।८ प्रतिशतमात्रै कृषिका लागि छुट्याएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।मन्त्री खनालले युवाहरुलाई कृषिमा आवद्ध गराउने गरी कार्यक्रमहरु अघि सारिएको सुनाए ।
बजेटमा किसानको वर्गीकरण समावेश नभएपनि यो कार्यक्रमलाई अघि बढाउन प्रयत्न गरिरहेको भन्दै उनले भने, ‘किसानको वर्गीकरण गर्दा किसानको पहिचान हुन्छ । यसो गर्न सकियो भने उहाँहरुको समस्या पनि त्यहीअनुसार सुन्न पाइन्छ ।’
किसानले मल नपाएको सन्दर्भमा टिप्पणी गर्दैै मन्त्री खनालले भने, ‘मलको अभाव हुने गरेको छ । किसानको मागलाई अनुदानमा पूर्ति गर्ने अवस्था छैन । युरियामा समस्या छैन ।’
उनले अनुदानमा साढे तीन खाल मेट्रिक टन मल किसानलाई दिन सकिने भएपनि ६ लाख मेट्रिक टनको माग रहेको बताए ।
प्रतिक्रिया