९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

चलचित्र कलाकार संघको अध्यक्षमा रवीन्द्र खड्का विजयी



काठमाण्डौ ।
नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा रवीन्द्र खड्का विजयी भएका छन् । शनिबार सम्पन्न चलचित्र कलाकार संघको निर्वाचनमा खड्काले प्रतिद्वन्द्वी सरिता लामिछानेलाई ५८ मतले पछि पार्दै विजयी भएका हुन् ।
खड्काको पक्षमा २१८ मत खस्दा लामिछानेले १६१ मतमा चित्त बुझाइन् । दुई जना उपाध्यक्षको पदमा रेजिना उप्रेतीले २४३ मत ल्याउँदा सानुकुमार ताम्राकारले १७५ मत पाएर विजयी भए ।
महासचिवमा चेतबहादुर सिंह राजा निर्वा्चित हुँदा सचिव पदमा पनाह अधिकारी विजयी भए । त्यस्तै सह कोषाध्यक्ष पदमा अभिनेत्री पवित्रा आचार्य विजयी भइन् । कोषाध्यक्ष पदमा भने यस अघि नै सुनिल कटुवाल निर्विरोध चयन भैसकेका छन् ।
पदाधिकारीतर्फ उपाध्यक्षमा निर्र्वािचत भएका सानुकुमार ताम्राकारबाहेक सबै खड्का प्यानलका विजयी भए ।

प्रकाशित मिति : २६ जेष्ठ २०७६ आइतबार ००:००  १ : ४८ बजे