मायादेवी अनलाइन, कपिलवस्तु ।
राजापानी सामुदायिक वन उपभोक्ता समितिको नयाँ नेतृत्वको लागि आइतबारबाट निर्वाचन प्रकृया सुरु हुँदै छ । आइतबार निर्वाचन समिति बनाई आगामी कार्यकालको लागि नेतृत्व चयन प्रकृया सुरु हुन लागेको हो ।
सकेसम्म सहमतिबाटै नेतृत्व चयन गर्न प्रयास भैरहेको निवर्तमान अध्यक्ष ढाकाराम अधिकारीले जानकारी दिनुभयो । यदि सहमति नभए निर्वाचनबाट नेतृत्व चयन हुने उहाँले जानकारी दिनुभयो ।
नयाँ नेतृत्वमा अहिले पनि ढाकाराम अधिकारीकै सम्भावना रहेको छ । समितिको शनिबार मात्र १६ औँ साधारण सभा तथा आठौँ अधिवेशन सम्पन्न भएको थियो । साधारणसभाको प्रदेश सांसद विष्णु पन्थीले उद्घाटन गर्नुभएको थियो ।
प्रतिक्रिया