एजेन्सी ।
बेलायतमा जारी एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत शनिबार राति सकिएको खेलमा न्युजिल्याण्ड विजयी भएको छ । न्युजिल्याण्डले अफगानिस्तानलाई सात विकेटले पराजित गरेको हो ।
१७३ रनको लक्ष्या न्युजिल्याण्डले मात्रै तीन विकेटको क्षतिमा ३२ ओभर एक बलमा भेट्टाएको हो । उसका लागि केन विलियम्सनले नटआउट ७९ तथा रोस टेलरले ४८ रन बनाए ।
यसअघि पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४१ ओभर एक बलमा सबै विकेट गुमाएर १७२ रन बनाएको थियो ।
अफगानिस्तानका हश्मतुल्लाह शाहिदीले ५९, हजरातुल्लाह जजाईले ३४, नुर अलि जर्दनले ३१ र अफ्ताब आलमले १४ रन बनाए पनि अन्य ब्याट्सम्याने दोहोरो अंकको रन जोड्न सकेनन् ।
अफगानिस्तानलाई सस्तैमा समेट्ने क्रममा न्यूजिल्याण्डका जेम्स निशामले पाँच, लोवकी फर्गुसनले चार र कोलिन डे ग्रान्धोमले एक विकेट लिए ।
२६ जेष्ठ २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया