नेपालगन्ज ।
शहरी विकास मन्त्री मोहमद ईस्तियाक राईले नेपालगन्जको चर्को गर्मी छल्न १० हजार ठूला रुख रोप्ने तयारी भइरहेको बताए ।
शनिवार नेपालगञ्जमा आयोजित एक कार्यक्रममा उनले १० हजार ठूला रुख रोप्ने योजना सार्वजनिक गरेका हुन् । मन्त्री राईले नेपालगञ्ज उपमहानगरपालिकासँग सहकार्य गरेर कामको थालनी गरिने बताए ।
“उपमहानगरपालिकाका मेयरसँग छलफल भइरहेको छ”, उनले भने “अधिकांश ठाउँमा सडक विस्तार भइसकेको र रुख रोप्नका लागि आवश्यक पर्ने खाली रहेका ठाउँमा रुख रोप्ने योजना छ ।”उनका अनुसार बिरुवा लगाउँदा ठूलो हुन समय लाग्ने भएकाले सम्भवत केही ठूला रुख नै उच्च प्रविधिको प्रयोग गरेर लगाउने योजनामा शहरी विकास मन्त्रालय रहेको छ ।
प्रतिक्रिया