९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

हलिउड अभिनेता ब्राड पिटले दिए सम्बन्धविच्छेद गर्ने धम्की



एजेन्सी ।
हलिउड अभिनेता ब्राड पिटले एन्जेलिना जोलीलाई सम्बन्धविच्छेद गर्न दबाब दिएका छन् । उनीहरु सन् २०१६ मा सम्बन्धविच्छेदको लागि निवेदन दिएका थिए ।
सम्बन्धविच्छेदको लागि निवेदन दर्ता गराएपनि जोलीले कागजपत्रमा हस्ताक्षर नगरेपछि उनीहरुको सम्बन्धविच्छेद रोकिएको हो । जोलीले हस्ताक्षर नगरेपछि पिटले अल्टिमेटम दिएका छन् । उनले जोलीलाई सम्बन्धविच्छेदको मिति तोक्ने वा अदालतमा फाइन तिर्नेमध्ये एउटा गर्न दबाब दिएका हुन् ।
पिटका नजिकका साथीका अनुसार उनी एकदमै शान्त स्वभावका मानिस हुन् । तर जोली भने सम्बन्धविच्छेद गर्न आनाकानी गरिरहेकी छिन् । उनी हरेक महिना कुनै न कुनै बाहाना गरेर पछाडि हटिरहेकी छिन् । उनीहरुले आपसी मनमुटावका कारण एक अर्काबाट टाढिने निर्णय लिएका थिए ।

प्रकाशित मिति : २६ जेष्ठ २०७६ आइतबार ००:००  ७ : ०६ बजे