९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कांग्रेस सशक्त रुपमा अघि बढ्ने कपिलवस्तुका नेताहरुको दाबी



मायादेवी अनलाइन, तौलिहवा ।
नेपाली कांगेसका केन्द्रिय सदस्य तथा सांसद अतहर कमालले कांग्रेस शसक्तरुपमा अघि बढ्ने बताएका छन । एक महिने जागरण अभियान पछि कांग्रेसमा नया उर्जा थपिएको र नेकपाको दुई तिहाई सरकारप्रति जनता आजित भएकाले कांग्रेस अब नयाँ ढंगले अघि बढ्ने बताएका छन् ।
कांग्रेसले देशब्यापीरुपमा संचालन गरेको एक महिने जागरण अभियानको तौलिहवामा कांग्रेस कपिलवस्तुद्धारा आयोजित समापन समारोहमा कांग्रसको तर्फबाट गठित छाँया सरकारका संघीय मामिला मन्त्री समेत रहेका नेता कमालले एक महिने जागरण अभियानले जनता र कार्यकर्ता माझ राम्रो संदेश दिन सफल भएको बताए । सिंहदरबारको अधिकार गाउँ गाउँमा पुगेको नारा दिने दुई तिहाईको ओली सरकारले प्रदेश र स्थानीय तहको अधिकारजति कटैती गरी केन्द्रिकृत गर्न खोजेको आरोप लगाए ।
अहिलेको सरकार अधिनायकबाद तर्फ उन्मुख भएको भन्दै उनले बिपक्षी पार्टीका नेताहरुलाई तर्साउन छानी छानी मुद्दा लगाउने काम गरिएको उनले बताए । उनले अहिलको कम्युनिष्ट सरकारले राणा शानकाल जस्तै दुःख दिईरहेको आरोप लगाए । बर्तमान सरकार निरंकुता तर्फ उन्मुख रहेको प्रमाणस्वरुप मिडियामाथी अंकुश लगाउने कार्य गरेकोले पनि पुष्टी भएको उनले तर्क गरे ।
अहिलको सरकार संस्थागत भ्रष्ट्रचारमा लिप्त रहेको आरोप लागए । ५० अर्बका योजना प्रधानमन्त्रीले सिधै दिने गरी बिधेयक दर्ता गराउनु, सुन तस्कारी, बुढीगण्डकी बिद्यतु आयोजना, सिन्डीकेट लागतयका बिषयले पनि सरकार भ्रष्ट्रचारमा लिप्त रहेको पुष्टी हुने उनले बताए । उनले राष्ट्रियताको खोक्रो नारा दिएर नेकपाले युवाहरुलाई भ्रममा पारेर चुनाव जिन्त सफल भएकोले त्यसलाई कांग्रेसले चिर्नु पर्ने बताए ।
उता सांसद अभिषेक प्रताप शाहले नेकपामा केपी ओली र प्रचन्ड बिच पदीय बिवादले दरार पैद भएकाले फेरी दुबै पार्टी फुट्ने दाबी गरे । उनले आउने दशै सम्म यो सरकार फेरिने दाबी गरे । कार्यक्रममा पार्टी सभापति सुरेन्द्रराज आचार्यले पार्टीका बिभिन्न पदमा रहेको र पार्टीको तर्फबाट स्थानीय तहयमा चुनाव जितेका पदाधिकारीहरु समेत कार्यक्रममा न्युन सहभागी भएकोले आफु धेरै दुःखी भएको बताए । ‘अब यो तरिकाले पार्टी अघि बढ्न सक्दैन, कांग्रेसको चुनाव चिन्ह लिएर पद लिने अनि कार्यक्रममा समेत नआई गैर जिम्मेवार बन्ने’ उनले अक्रोसित हुँदै भने अब हरक कार्यक्रमको लेखाजोखा राखिन्छ’ ।
हरेक नेताहरुको कार्यक्रममा उपस्थितिको लिखित रेकर्ड राखिने र त्यसैका आधारमा आगामी दिनमा अवसरहरु दिइने गरी कार्य अघि बढाईएको उनले बताए । उनले दुई तिहाईको सरकारलाई टक्कर दिन कांग्रेसीहरुमा उत्साह आवश्यक रहेको बताए ।
सो अवसरमा पूर्व पार्टी जिल्ला सभापतिहरु राजेश आचार्य, सुधाकर पाण्डेय, नेपाल महिला संघकी केन्द्रिय सदस्य सुमित्रा शर्मा, बुद्धभूमि नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठ, क्षेत्रीय सभापति अब्दुल मन्नान खा, क्षेत्रीय सभापति हरिराज घिमिरे, दलित संघका जिल्ला अध्यक्ष डम्मर सिंह सुनार लगातयले पार्टी एक ढिक्का भएर हिडनु पर्ने बताए । कार्यक्रम पार्टी सभापति आचार्यको अध्यक्षता र सचिव प्रेम बहादुर रायमाझीको संचालनमा भएको थियो ।

प्रकाशित मिति : २५ जेष्ठ २०७६ शनिबार ००:००  १० : २४ बजे