९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

लक्ष्मणघाट सामाजिक संस्थाद्धारा मृगौला पीडितलाई सहयोग, काउचा फेरि अध्यक्ष



थानेश्वर अधिकारी, वाणगंगा ।
बाणगंगा नगरपालिका ६ स्थित लक्ष्मणघाट सामाजिक विकास केन्द्र मृगौला पीडितलाई सहयोग गरेको छ । आइतबार सम्पन्न संस्थाको प्रथम साधारण सभा तथा अधिवेशनको अवसरमा संस्थाले मृगौला पीडित लक्ष्मणघाट निवासी दुवै मृगौला पिडित टिकाराम खनालकी आमा भिमा खनाललाई ६ हजार ५ सय रुपैया आर्थिक सहयोग गरेको हो ।
सो रकम संस्थाका अध्यक्ष रणबहादुर काउचा र वडा अध्यक्ष सुकदेव थारुले हस्तान्त्रण गर्नुभएको थियो । लक्ष्मणघाट बोलबमधाममा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि वडा नं ६ का वडाअध्यक्ष सुकदेव थारुले क्ष्मणघाटको संरक्षण, सम्बर्धन र विकासको लागि सबै एक जुट हुनु पर्ने बताउनु भयो । संस्थाले गरेको कार्यको प्रशंसा गर्दै आगामी दिनमा वडाको विकासका लागि योजना लिएर आए संस्था संग सहकार्य गर्न वडा कार्यालय तत्पर रहेको समेत उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रथम अधिवेशनले पुन रनबहादुर काउचा कै नेतृत्वमा पुन ११ सदस्यीय नयाँ कार्य समिती सर्वसहमत चयन गरेको छ । जसको उपाध्यक्षमा ओम प्रकाश पौडेल, सचिवमा थानेश्वर अधिकारी, सह सचिवमा सरिता थार, कोषाध्यक्षमा सन्दीप न्यौपाने र सदस्यहरुमा अंजित खनाल, बिरेन्द्र रेग्मी, भोजराज बञ्जाडे, कोपिला पोख्रेल र सीता थारु चयन हुनु भएको छ भने आमन्त्रित सदस्यहरुमा मदन शर्मा, नवराज शर्मा, दिनेश चौधरी, सरस्वती बेल्वासे, तेजजंग थापा र बाबुराम बस्नेत रहेको संस्थाका उपाध्यक्ष ओम प्रकाश पौडेलले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै लक्ष्मणघाट सामुदायिक वनका अध्यक्ष हुमनाथ भट्टराईले सकारात्मक सोचका साथ अगाडी बढ्न सके लक्ष्य हासिल गर्न सकिने बताउनुभयो । संस्थाका सचिव थानेश्वर अधिकारीले प्रगती प्रतिवेदन र सदस्य अंजित खनालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा युवा उद्यमी प्रकाश भुसाल र वडा सचिव तथा संस्थाका सल्लाहकार कृष्ण प्रसाद खनाल लगाएतले बोल्नुभएको थियो ।
बिभिन्न किसिमका सामाजिक रुपान्तरणका अभियानहरु सञ्चालन गर्दै आइरहेको सो संस्थाले धार्मिक एवम् पबित्र तिर्थस्थल लक्ष्मणघाटमा युरिनल सहित महिला र पुरुषको लागि सार्वजनिक शौचालय निर्माण गरिसकेको छ । धार्मिक एवम् ऐतिहासिक मेला संचालनको अगुवाई गर्दै आइरहेको संस्थाले लक्ष्मणघाट वरिपरि हुने असामाजिक तथा आपराधिक कृयाकलापलाई न्युनिकरण गरी लागुपदार्थ दुव्र्यसनी मुक्त समाज निर्माण गर्न अध्यक्ष रन बहादुर काउचाको नेतृत्वमा अनुगमन तथा निगरानी समिति गठन गरेको समिति सदस्य अंजित खनाल जानकारी दिनुभयो ।
सो निगरानी समितिमा थानेश्वर अधिकारी, ओम प्रकाश पौडेल, सन्दिप न्यौपाने, भोजराज बन्जाडे, बाबुराम बस्नेत र दिनेश चौधरी सदस्यमा रहनु भएको छ । सचिव थानेश्वर अधिकारीको संचालन, अध्यक्ष रनबहादुर काउचाको अध्यक्षता तथा उपाध्यक्ष ओम प्रकाश पोेडेलको स्वागतमा कार्यक्रम सम्पन्न थियो ।

प्रकाशित मिति : २५ जेष्ठ २०७६ शनिबार ००:००  ८ : ०३ बजे