९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

राजापानी सामुदायिक वनको साधारणसभा तथा अधिवेशन सम्पन्न



मायादेवी अनलाइन, कपिलवस्तु ।
राजापानी सामुदायिक वन उपभोक्ता समितिको १६ औँ साधारण सभा तथा आठौँ अधिवेशन शनिबार सम्पन्न भएको छ । वनका अध्यक्ष ढाकाराम अधिकारीको अध्यक्षता र प्रदेश सांसद विष्णु पन्थीको प्रमुख आतिथ्यमा कार्यक्रम समपन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पन्थीले राजापानी सामुदायिक बनले अब पर्यटनलाई प्रवर्धन गर्ने गरी काम गर्नु पर्ने बताउनु भयो । राजापानी आफैमा ऐतिहासिक पर्यटकीय स्थल भएकाले यसको विकासमा वनको विशेष भूमिका हुने उहाँले बताउनु भयो । प्रदेशको आखामा पनि राजापानी वन रहेको हुनाले यहाँ पर्यटनलाई टेवा पुग्ने गरी काम गर्न सके समग्र कपिलवस्तुको विकासमा टेवा पुग्ने उहाको भनाई छ । कार्यक्रममा विशिष्ट अतिथि बाणगंगा नगर उप-प्रमुख चक्रपाणी अर्याल र अपांगता महासंघका अध्यक्ष मित्रलाल शर्माले आफ्नो भनाई राख्नु भएको थियो ।
कार्यक्रममा समितिको बार्षिक र आर्थिक प्रतिवेदन अध्यक्ष अधिकारीले प्रस्तुत गर्नुभएको थियो । उहाँले चालु आर्थिक बर्षको २ करोड आठ लाख बढीको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो भने आगामी बर्ष ३ करोड बढीको बजेट पेश गर्ने लक्ष्य रहेको जानकारी दिनु भयो ।
यस्तै सचिव नभएको हुनाले सिता सितादेवी पौडेलले सचिवको, विष्णु प्रसाद अर्यालले लेखा तथा विधान संशोधन समितिका संयोजक गोविन्द पौडेलले विधान संशोधन समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारणसभा पछि अहिले बन्द सत्र चलिरहेको छ । सकेसम्म सर्वसम्मत रुपमा अध्यक्ष चयन हुने र सहमति नभएका चुनावबाट आगामी नेतृत्व चयन गर्ने तयारी रहेको अधिकारीले जानकारी दिनु भयो ।

प्रकाशित मिति : २५ जेष्ठ २०७६ शनिबार ००:००  ७ : ५१ बजे