बाबुराम रायमाझी, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं.९ मा अवस्थित सरबरहवामा बसेको भेलाले गौ संरक्षणका विषयमा अन्तर्किया सम्पन्न गरेको छ । सो अन्तर्किया कार्यक्रममा बुद्धभूमि नगरका मेयर केशव कुमार श्रेष्ठ, श्री वागेश्वरी आध्यात्मिक परिषद योगी नरहरीनाथ आश्रम देवघाटका संरक्षक शान्त प्रसाद पोदरेल, परिषदका बरिष्ठ उपाध्यक्ष ईश्वरी प्रसाद खरालले आ—आफ्नो धारणा राख्दै कपिलवस्तुको यस मध्य भाग सरबरवा ठाउँलाई गौ संरक्षण गर्दै एउटा धार्मिक स्थलको रुपमा अगाडी बढाउनु पर्नेमा जोड दिएका थिए ।
साथै उनीहरुले ५ नं. प्रदेशको नमूना गौशाला निर्माणमा सबैले सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका थिए । गौ संरक्षणलाई व्यवस्थित गरी लैजानको लागि बुद्धभूमि नगरपालिका, बाणगंगा नगरपालिका, शिवराज नगरपालिकाका नगर प्रमुख र विजयनगर गाउँपालिकाका अध्यक्षको संरक्षकत्व रहने गरी मौनीबाबा जमुनादासको संयोजकत्वमा १७ सदस्य गोवंश संरक्षण तदर्थ समितिको गठन गरको छ ।
जसको सह—संयोजकमा नेत्र प्रसाद उपाध्याय र माधव शरण पोखरेल, सचिवमा रोमलाल खनाल, सह सचिवमा निरञ्जन क्षेत्री (उदयबिर) कोषाध्यक्षमा कोपिला क्षेत्री, सदस्यहरुमा क्रमश.ंरीता रायमाझी, राम बहादुर रायमाझी, सन्तोष पन्थ, सुकई यादव, देवी खत्री, चन्दन मल्ल लगायत रहनु भएको छ ।
भेला अनाथ गोरज कामधेनु गौशालाका प्रमुख मौनीबाबा जमुनादासको अध्यक्षता बुद्धभूमि नगरका मेयर केशव कुमार श्रेष्ठको प्रमुख आतिथ्यता तथा श्री वागेश्वरी प्राकृतिक चिकित्सालय देवघाटका प्राचार्य यदु गुरुको सञ्चालनमा सम्पन्न भएको थियो ।
२५ जेष्ठ २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया