९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

खानेपानी र सरसफाइलाई अलग राखेर समृद्धी हुदैन्ः मन्त्री मगर



काठमाण्डौ ।
खानेपानी मन्त्री विना मगरले हरेक गाउँ बस्ती र सहर बजारका जनतालाई तीन वर्ष्भित्र शत प्रतिशत आधारभूत स्तरको खानेपानी सेवा र्पुयाउन संकल्प लिएर मन्त्रालय अघि बढेको बताउनुभएको छ ।
नेपाल नगरपालिका संघले शनिबार काठमाण्डौको बसन्तपुर दरबार स्वायरमा आयोजना गरेको खानेपानी तथा सरसफाइ मेलाको उद्घाटन गर्दै खानेपानी मन्त्री मगरले प्रदेश र स्थानीय सरकारसँग सहकार्य गरेर शत प्रतिशत जनतालाई आधारभूतस्तरको खानेपानीको सुनिश्चितता गर्न दृढ संकल्पका साथ अघि बढेको बताउनुभएको हो ।
मन्त्री मगरले सबै जनतामा खानेपानीको पहुँच र्पुयाउने अभियानमा केन्द्र, प्रदेश र स्थानीय सरकारको सामूहिक प्रतिबद्धता र हातेमालोको आवश्यकता रहेको औंँल्याउनुभयो । आउँदो आर्थिक वर्षमा ९२ प्रतिशत र तीन वर्ष्भित्र शत प्रतिशत जनसंख्यालाई खानेपानी सेवा र्पुयाउने लक्ष्य रहे पनि सबैसँगको सहकार्यमा मात्र लक्ष्य पूरा गर्न सकिने उहाँको भनाइ छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७६ शनिबार ००:००  ३ : ४८ बजे