काठमाडौं ।
नेपाली कांग्रेसको एकमहिने राष्ट्रिय जागरण अभियान आज सकिँदैछ। गत वैशाख २५ गते सुरु भएको प्रथम चरणको अभियान आज सम्पन्न हुन लागेको हो। यो अभियानका क्रममा ७७ वटै जिल्लाका सदरमुकाममा विभिन्न कार्यक्रमहरु गरिएको छ।
अभियानमा पार्टी सदस्य र शुभचिन्तकहरुमाझ पार्टीको महासमिति बैठकका निर्णयहरु जानकारी गराउने, संगठन सुदृढिकरण, कांग्रेसको नेतृत्वमा मुलुकले हासिल गरेका उपलब्धिको प्रचारप्रसार लगायतका उद्देश्य राखिएको थियो। एक महिनासम्म चलेको कार्यक्रममा पार्टी शुभेच्छुक तथा कार्यकर्तासँग अन्तक्र्रिया गरिएको र कार्यकर्ताहरुका जिज्ञासा तथा अपेक्षाहरु थाहा पाउने अवसर प्राप्त भएको नेता मीन विश्वकर्माले जानकारी दिए।
अभियान अबधिमा कार्यकर्ताहरुले पार्टीका प्रादेशिक संरचना तथा भ्रातृ संगठनको पूर्णतालाई प्रमुखताका साथ उठाएको उनले बताए। जागरण अभियानका सिकाई र उपलब्धिबारे पर्सि २७ गते पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
२५ जेष्ठ २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया