९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

वडा नं. ७ को ८५ प्रतिशत काम सम्पन्न, अरु वडाले ५० प्रतिशत पनि काम सकेनन्



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा संचालन भएका विकास निर्माणका योजनाको प्रगतिमा वडा नम्बर ७ उत्कृष्ट देखिएको छ । आर्थिक बर्ष २०७५।०७६ मा विकास निर्माणका काममा वडागत रुपमा वडा नम्बर ७ ले सबैलाई पछि पारेको हो । गत बर्षपनि यो वडाले सबैलाई जितेको थियो । आर्थिक बर्ष सकिन अब ३५ दिन बाँकी छ ।
जेठ २४ गतेसम्मको वडागत प्रगतिमा नगरपालिकाले उपलब्ध गराएको तथ्यांकमा वडा नम्बर ७ ले वडाका योजनामध्ये ८५ प्रतिशत काम सकेको देखिएको छ भने वडा नम्बर वडा १ र १० को विकास गति निकै सुस्त छ । यो प्रगति जेठ २४ गते शुक्रबार सम्मको हो । वडा नम्बर १ र १० ले क्रमशः १७ र १३ प्रतिशत मात्र काम सकेका छन् । वडा नं. ७ लाई वडा नं. ८ ले पछ्याएको छ । वडा नं. ८ ले ४९ प्रतिशत काम सकेको छ ।
वडा नम्बर सातले अब १५ प्रतिशत मात्र काम सक्न बाँकी छ । वडा नम्बर ७ बाहेक अन्य कुनै वडाले पनि ५० प्रतिशत भन्दा माथि प्रगति हासिल गर्न सकेका छैनन् ।
वडागत प्रगति अनुसार वडा नं. २ ले ४१, वडा नं. ३ ले २४, वडा नं. ४ ले ४३, वडा नं. ५ ले २५, वडा नं. ६ ले ४२, वडा नं. ८ ले ४९, वडा नं. ९ ले २३ र वडा नं. ११ ले २६ प्रतिशत काम सकेका छन् ।

प्रकाशित मिति : २५ जेष्ठ २०७६ शनिबार ००:००  १० : ३८ बजे