काठमाडौँ ।
सरकारले अन्ततः आफ्नो महत्वकांक्षी ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ को सुरुवात गरेको छ।भक्तपुरबाट सुरु गरिएको उक्त कार्यक्रम त्यहाँ शुक्रबार आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन्।
उक्त कार्यक्रमका लागि जिल्लाका ४ वटै नगरपालिकामा २ करोड ४६ लाख रुपैयाँ छुट्याएको छ।
चाँगुनारायण नगरपालिकाका लागि ४४ लाख, भक्तपुर नगरपालिकाका लागि ६४ लाख, मध्यपुर थिमि नगरपालिकाका लागि ७१ लख ७६ हजार, सूर्यविनायक नगरपालिकाका लागि ६६ लाख ३४ हजार बराबरको रकम विनियोजित गरिएको छ।
प्रतिनिधिसभाका सांसद एवं पूर्व उद्योगमन्त्री महेश बस्नेतका अनुसार उक्त कार्यक्रमका लागि सूर्यविनायक नगरपालिकाबाट रोजगारीका लागि यी चार नगरपालिकामा करिव १५ सयले निवेदन दिएका छन्।
शुक्रबारको कार्यक्रम चार वटै नगरप्रमुखहरु सहकार्यमा गरिएको छ। सरकाले गत वर्ष फागुन १ गतेदेखि ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ सञ्चालनका गर्ने भन्दै ३ अर्ब बजेट विनियोजन गरेको थियो।
कार्यक्रमका लागि सरकारले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका’ जारी गरिएको थियो । त्यसअघि भदौमा जारी रोजगारीको हकसम्बन्धी ऐनका आधारमा पुसमा सरकारले रोजगारीको हकसम्बन्धी नियमावली ल्याएको थियो। संविधान अनुसार रोजगारीको हक सम्बन्धी ऐन, २०७५ ल्याइएको थियो । त्यसलाई टेकेर प्रत्येक नागरिकलाई न्यूनतम रोजगारीको प्रत्याभूति गर्न आन्तरिक श्रम बजारमा रोजगारीका अवसर सिर्जना गर्ने गरी कार्यक्रम ल्याइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले बताए । मन्त्री विष्टका अनुसार रोजगार केन्द्रमा दर्ता भएका १८ देखि ५९ वर्षका बेरोजगार युवालाई रोजगारी दिने व्यवस्था गरिएको छ।
प्रतिक्रिया