काठमाण्डौ ।
टाउको दुख्ने समस्यालाई सामान्य रुपमा लिइन्छ । तर टाउको दुख्ने समस्यालाई सामान्य रुपमा लिदा यो दीर्घकालिन समस्याको रुपमा देखा पर्न सक्छ । टाउको दुख्ने समस्या स्नायु सम्बन्धि समस्या तथा रोगका कारणले हुने गर्छ । टाउको दुख्ने विभिन्न रोगहरुमध्ये माइग्रेन पनि पर्छ ।
माइग्रेनका लक्षणहरु
–टाउकोको एक भागमा मात्रै अत्याधिक पीडा हुने,
– चार घण्टादेखि एक सातामसम्म दुख्ने,
–टाउको दुख्दा वान्ता हुने,
–वाक–वाक लाग्ने,
–चिडचिडापन हुने,
–बोल्न मन नहुने,
–कसैसँग बोल्न मन नलाग्ने,
–बत्तिको उज्यालोमा बस्न नसक्ने,
–काम गर्दा दुखाइ बढ्ने ।
किन हुन्छ माइग्रेन
माइग्रेनको लक्षण मानिसअनुसार फरक फरक हुन्छ । लक्षण फरक हुने भएकाले यसको कारण पनि फरक– फरक हुन्छन् ।
–धेरै गर्मी धेरै जाडो मौसममा,
–चर्को घाममा जाँदा,
–धेरै चर्को आवाज,
–नराम्रो कुरा सुन्दा वा तनाव बढ्दा,
–धेरै दुःखी भएमा,
– कम वा धेरै सुत्दा,
–कफि, चकलेट, मदिरा सेवन,
–अजिनोमोटो हालिएको खानेकुरा,
–भोक लागेमा,
–महिनावरी भएको समयमा,
यसरी हुन्छ उपचार
माइग्रेनको एट्याक आउँन नदिने र अर्को माइग्रेनको एट्याक आइरहेको समयमा टाउको दुखाइलाई कम गर्ने दुई किसिमको उपचार हुन्छ ।
माइग्रेनका बिरामीको अवस्था हेरेर सामान्यतय ६ देखि ९ महिनासम्म औषधि सेवन गर्नुपर्ने हुन्छ । औषधि सेवनले दुई देखि ५ वर्षसम्म माइग्रेनका कारण टाउको दुख्ने समस्या हट्छ ।
यस्तै अर्को उपचार माइग्रेनको दुखाई भइरहेको अवस्थामा दुखाई कम गर्ने उपचार हो । यो उपचार विधि भनेको दुखाई कम गर्ने पेनकिलरहरुको प्रयोग गर्ने हो ।
तर यस्तो औषधि नियमित सेवन गर्दा ग्यास्ट्रिक,अल्सर, किड्नीमा समस्या हुने सम्भावना रहन्छ । स्वास्थ्य जीवनशैलीले माइग्रेनको समस्या कम हुने भएकाले स्वास्थ्य जीवनशैली अपनाउनुपर्छ ।
प्रतिक्रिया