१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

नेपालमा लगानी गर्न वैदेशिक लगानीकर्तालाई आग्रह



काठमाडौँ ।
परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नेपालको पर्यटन क्षेत्रमा लगानी गर्न वैदेशिक लगानीकर्ताहरुलाई आह्वान गरेका छन् ।
परराष्ट्रमन्त्री ज्ञवालीले सरकारले संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य हासिक हुनेगरी ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने तयारी गरिरहेको पनि स्पष्ट पारे ।
काठमाडौँमा शुक्रबारदेखि सुरु भएको ‘एशीया रेसिलिइन्स समिट–२०१९’ को उद्घाटन गर्दै उनले नेपालको भूगोल, जैविक तथा सांस्कृतिक सम्पदाहरुको महत्व उजागर गरेर मुलुकलाई समृद्ध बनाउने संकल्प सरकारले लिएको पनि स्पष्ट पारे ।
परराष्ट्रमन्त्री ज्ञवालीले नेपालमा राजनीतिक स्थायित्व कायम भएकाले अव विकास निर्माणको कामले तीव्रता पाउने पनि दोहो¥याए । परराष्ट्रमन्त्री ज्ञवालीले सरकारले वैदेशिक लगानीका लागि आवश्यक नीतिगत तथा संरचनागत आधार तयार पारेको दावी पनि गरे । सो सम्मेलनले नेपालमा वैदेशिक लगानी भित्र्याउन महत्वपूर्ण योगदान दिने पनि मन्त्री ज्ञवालीको विश्वास छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७६ शुक्रबार ००:००  २ : २२ बजे