१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

बाढीले बगाएकी महिलाको शव पहिचान



प्यूठान ।
प्यूठानमा बिहीबार वर्षासँगै झिमरुक खोलामा आएको बाढीले झिमरुक गाउँपालिका ५ खहरेकी निमकला रोकालाई बगाएको थियो । रोकाको प्यूठान नगरपालिका ७ टिकुरी बसपार्क नजिकै खोला किनारमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए । बिहीबार भेटिएको शवको शुक्रबार बिहान मात्र पहिचान भएको छ । उनको शवको जिल्ला अस्पताल विजुवारमा पोष्टमार्टमका लागि राखीएको छ ।
प्यूठानमा बिहीबार दिउँसो जिल्लाको व्यापारिक केन्द्र जुम्री, विजुवार, बाग्दुलासँगै विभिन्न स्थानमा हावाहुरीसहित पानी परेको थियो । हावाहुरीसहित परेको पानीले फोप्ली, माझकोट, जुम्रीकाडालगायतका क्षेत्रको अन्नवालीसमेत नोक्सान गरेको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७६ शुक्रबार ००:००  १ : ५० बजे