काठमाण्डौ ।
उद्यमी प्रभाकर शम्शेर राणाको निधन भएको छ । उनको ८४ वर्षको उमेरमा उपचारका क्रममा अमेरिकाको न्यूयोर्कमा बिहीबार निधन भएको हो ।
टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडर्सका संस्थापक रहेका राणा केही समय अघिदेखि बिरामी थिए । ढाडमा समस्या देखिएपछि उनी ११ महिनादेखि उपचारका लागि अमेरिकामा थिए ।
सोल्टी होटल, सिप्रदी, सूर्य नेपाल, भोटेकोशी र अमरावती इन्टरनेशनललगायतका कम्पनी स्थापना र सञ्चालमा उनको योगदान छ ।
राणाको शनिबार न्यूयोर्कमा नै दाहसंस्कार गरिने र दाहसंस्कारपछि बाँकी काम काठमाण्डौमा गरिने पारिवारिक स्रोतले जनाएको छ ।
१७ जेष्ठ २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया