बझाङ ।
बझाङको सुर्मा गाउँपालिकामा एक महिलाको हत्या भएको । सुर्मा गाँउपालिका–४ सुर्मागाउँकी २५ वर्षीय जुना पुजाराको हत्या भएको हो । सोही ठाउँमा लोकेन्द्र पुजाराले बिहीबार साँझ धारामा पानी लिन भर्दै गर्दा हँसियाले हानी जुनाको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएपी सूर्य केसीले जानकारी दिएका छन् ।
जुना लक्षीचन्द्र पुजाराकी श्रीमती हुन् । उनको हत्या गर्ने लोकेन्द्र नाताले ससुरा पर्छन् । जुना र लोकेन्द्रको यसअधि पनि घरायसी विवादका कारण झगडा भएर प्रहरी चौकीमा मिलापत्र गरिएको प्रहरीले जनाएको छ ।
बिहीबार पनि सामान्य विषयमा झगडा हुँदा लोकेन्द्रले जुनाको टाउकोमा हँसिया प्रहार गरेका थिए । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाई छ ।
दौलीचौर चौकीबाट गएको प्रहरी टोलीले घटनास्थल पुगी अभियुक्तलाई नियन्त्रणमा लिई चौकीमा ल्याएको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया