मायादेवी अनलाइन, बोडगाउँ ।
कपिलवस्तुको वाणगंगा ८ बोडगाउँ स्थित मोतिपुर आर्युवेद स्वास्थ्य संस्थामा औषधी उत्पादन, पूर्वकर्म र पञ्चकर्म उपचार पद्धतीको औपचारिक उद्घाटन भएको छ ।
प्रदेश साँसद विष्णु पन्थीले एक समारोहबीच मोतिपुर आर्युवेद स्वास्थ्य संस्थामा पञ्चकर्म पद्धतीको उद्घाटन गर्नुभएको हो । प्रमुख अतिथी पन्थीले स्थानीय जडिबुटिलाई पहिचान गरेर आर्युवेद उपचार पद्धतीलाई उपयोग र प्रवर्धन गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले स्थानीय स्तरमा पाइने जटिबुटीको पहिचान, उत्पादन र प्रशोधनलाई प्रवर्धन गरेर जडिबुटिको बहुउपयोगबाट सवैलाई फाइदा पुग्ने बताउनुभयो । यसक्षेत्रकै एकमात्र मोतिपुर आर्युवेद उपचारको पञ्चकर्म उपचार पद्धतीको शुरुवात संगै स्तर उन्नती गर्दै लैजानुपर्ने बताउदै आफुले प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग र प्रचार प्रसारमा सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ । सामाजिक विकास मन्त्रालय अन्तरगत स्वास्थ्य शाखाकी डा.कलावती विश्वकर्माले प्रदेशबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
वडा अध्यक्ष गुणनीधि भुसालले पछिल्लो समय आर्युवेद उपचार पद्धती तर्फ मानिसहरु आकर्षिक हुदै गएको बताउनुभयो । उहाँले आर्युवेद उपचार संगसंगै योग, ध्यान र साधना हाम्रा सस्कृति भएकाले मानव स्वास्थ्यमा यसले धेरै महत्व राख्ने बताउनुभयो । अध्यक्ष भुसालले मोतिपुर आर्युवेदलाई भावी दिनमा शैया थप गरेर व्यवस्थित संचालन गर्ने लक्ष्य रहेको समेत जानकारी दिनुभयो ।
उद्घाटन कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य विमला घिमिरेले आर्युवेद उपचार पद्धतीले मानिसको जीवनशैलीमा धेरै सुधार ल्याउने भएकाले यसको प्रवर्धन र सेवा बृद्धिमा जोड दिनुपर्ने बताउनुभयो । कार्यक्रममा जिल्ला सचिव रामचन्द्र शाह, प्रदेश कमिटि सदस्य कृष्ण पौडेल, वडा अध्यक्षहरु धु्रब वेल्वासे, गणेश बहादुर क्षेत्री र भीष्मराज भुसाल, कपिलवस्तु आर्युवेद केन्द्रका प्रमुख डा.रन्जना झा लगाएतको सहभागीता रहेको थियो ।
वाणगंगा नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष गुणनीधि भुसालको अध्यक्षतामा संचालन भएको कार्यक्रम वडा सदस्य गिता भुसाल र महिला संजालकी सचिव मन्जु भट्टराईले संचालन गर्नुभएको थियो । पछिल्लो समय मोतिपुर आर्युवेद स्वास्थ्य संस्थामा दैनिक उपचार गर्ने आउने विरामीको चाप बढेको छ ।
१७ जेष्ठ २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया