१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

व्यवस्थापन फितलो हुँदा खेलकुद प्रतियोगिता अस्तव्यस्त



मायादेवी अनलाइन, अर्घाखाँची ।
अर्घाखाँचीको शितगंगा नगरपालिकाको आयोजनामा सञ्चालन भएको वडा स्तरिय खेलकुद प्रतियोगितामा ब्यबस्थापन फितलो हुँदा अस्तव्यस्त बनेको छ । नगरपालिकाको आयोजनामा भएको खेलमा १४ वटा वडाको प्रतिनिधित्व समेत हुन सकेको छैन । पुर्व तयारी गर्दा सिमित ब्यति मात्र भएकोले प्रचार प्रसारमा समेत कमजोरी रहेको स्थानीयले गुनासो गरेका छन् ।
खेलकुद सँग सम्बन्धित ब्यतिहरुको छनोट नहुँदा समेत सबै खेलाडी समाबेश हुन नसकेको शितगंगा नगरपालिकाको लागि धेरै खेल खेलिसकेका महेस पुनले बताए । नगरपालिकामा रहेका बिभिन्न शिल्ड, मेडलहरुमा आफ्नो पसिना बगेको सम्झदै यो खेलकुद आयोजना आफुलाई खेलकुद सुरु भए पछि मात्र थाहा भएको बताउदै अन्य गाउँ गाउँमा कसरी थाहा भए होला र भन्दै गुनासो गरे ।
यस्तै सय देखि ८ सय मिटर दौडमा समेत संवेदनशिलता र जटिलता सामान्य ख्याल नगरी गर्मिको समयमा पिच सडकको उकालो सडकमा दौडाउदा सहभागी अचेत हुने अबस्था सम्म पुगेका थिए । दौड सामान्यतया समतल स्थानमा दौडाउनु पर्ने भए पनि अन्य अबस्था भन्दा उकालोमा धेरै बल पर्ने भए पनि सामान्य रुपमा समेत ख्याल नगरी तापक्रम सोस्ने अलकत्रको सडकमा जोखिम मोलेर दौडिन बाध्य भएका थिए खेलाडी ।
साथै खेलकुद आयोजनामा निकै फितलो रहेको निर्णायक पुर्ण बहादुर खड्काले गुनासो गर्नु भयो । खेलमैदानमा चुना हाल्ने तथा खन्ने लगायतका काम समेत रेफ्रिले गर्नु परेकोमा दुख ब्यक्त गरे । करिव १ घण्टा सडक नै अबरोध गरी गरिएको खेलमा समेत ज्योति माबिका खेल शिक्षकको चरम मन परी सडक भर देखिएको थियो ।
सडकमा गुडेका सबारी रोक्न अबोध मानिस जस्तो सडकमै उत्रेका शिक्षक हरि घिमिरेले आफु खुशी सडकमा ट्राफिककै भुमिकामा उत्रिएका थिए । साथै आफुले चिनजान भएका मानिसलाई निरबाद रुपमा छाडे पनि पत्रकार गणेश बेल्बासेको सबारीलाई शिक्षक घिमिरेले अपशब्द नै प्रयोग गरेर रोकेका थिए । सडक रोकेर खेल खेलाउने अधिकार नहुने भए पनि स्थानीय नेताहरुकै दवावमा खेल सडकमै हुन पुगेको ट्राफिक प्रहरी पदम राठोले बताए ।
यस्तै भलिबल खेलमा समेत वडा नम्बर ८ को टिम माथि बिभेद भएको छ । मेयर सुर्य प्रसाद अधिकारी, प्रवत्ता तथा वडा नम्बर ४ का वडा अध्यक्ष दामोदर अधिकारीकै वडाको टिम १÷१ को बराबरी पछि प्रतिस्पर्धामा रेफ्रिको निर्णयमा बिबाद हुँदा वडा नम्बर ८ का खेलाडी नगरपालिकाका नभएको भन्दै बिबाद भएको थियो । वडा अध्यक्ष रुकेस आलेले सम्पुर्ण प्रमाण पेश गर्ने प्रतिबद्धता गर्दा समेत खेल सञ्चालन गर्न नमानेको वडा अध्यक्ष रुकेस आलेले बताए ।
शितगंगा नगरपालिकाको आयोजनामा पहिलो चरणमा प्रत्येक वडामा ५० हजार विनियोजन गरि खेल सम्पन्न भइसकेको छ भने अहिले ३ लाख बिनियोजनमा नगरपालिकाको सामाजिक बिकास समितिद्धारा खेलकुद सञ्चालन भइरहेको कार्यक्रम सञ्चालक तथा ब्यवस्थापक ऋषि घिमिरेले जानकारी दिनु भयो ।

प्रकाशित मिति : १७ जेष्ठ २०७६ शुक्रबार ००:००  ८ : ३६ बजे