१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

विश्वकपको उद्घाटन खेलमा इङ्ल्यान्डको सहज जित



एजेन्सी ।

लन्डनविश्वकप क्रिकेटको उद्घाटन खेलमा घरेलु टोली इङ्ल्यान्डले विजयी सुरुवात गरेको छ । लन्डनको दी ओभल मैदानमा भएको खेलमा इङ्ल्यान्डले बलियो प्रतिद्वन्द्वी दक्षिण अफ्रिकालाई १०४ रनले पराजित र्गयो ।

इङ्ल्यान्डले दिएको ३१२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ३९.५ ओभरमा २०७ रन मात्र बनाउन सक्यो । दक्षिण अफ्रिकाका क्विन्टन डी ककले सर्वा्धिक ६८ रन बनाए । प्रारम्भिक ब्याट्सम्यान डी ककले ७४ बलमा ६ चौका र दुई छक्का हिर्काए । यसैगरी रासी भान डल डुसेनले पनि ५० रनको अर्धशतकीय पाली खेले । दक्षिण अफ्रिकाका लागि सबैभन्दा आशा गरिएका अर्का प्रारम्भिक ब्याट्सम्यान हासिम अमला ५ रनमा रिटायर्ड हट भएका थिए।

जोफ्रा आर्चरको बाउन्सर बल मुखमा लागेपछि पेभेलियन फर्किएका उनले पुनः खेलमा फर्किएर १३ रन मात्र बनाउन सके । यसैगरी एन्ड्ली फेलुक्वायोले २४, अडिन मार्कमले ११, कागिसो रबडाले ११, लुन्गी निग्दी ६ र कप्तान फाफ डु प्लेसिसले पाँच रन बनाए ।

इङ्ल्यान्डका जोफ्रा आर्चरले तीन विकेट लिए । यस्तै लियाम प्लुनकेट र बेन स्टोक्सले दुई÷दुई विकेट लिँदा अडिल रसिद र मोइल अलीले एक÷एक विकेट बाँडे ।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली इङ्ल्यान्डले निर्धा्रित ५० ओभरको खेलमा आठ विकेट गुमाएर तीन सय ११ रनको योगफल खडा गरेको थियो ।

इङ्ल्यान्डलाई विशाल योगफलतर्फ र्डोयाउन अलराउन्डर बेन स्टोक्सले ८९ रन बनाए । यस्तै कप्तान इयोन मोर्गनले ५७, जासन रोयले ५४ र जोय रुटले ५१ रन बनाए । यसैगरी जस बटलरले १८ र क्रिस वाक्सले १३ रन बनाए ।

दक्षिण अफ्रिकाका लुन्गी निग्दीले तीन विकेट लिए । यसैगरी इमरान ताहिर र कागिसो रबडाले दुई तथा एन्ड्ली फेलुक्वायोले एक विकेट हात पारे ।

प्रकाशित मिति : १७ जेष्ठ २०७६ शुक्रबार ००:००  ८ : २१ बजे