प्युठान ।
प्युठानमा बिहिबार अपरान्ह ठुलो हावाहुरीसँगै पानी पर्दा एक जनाको ज्यान गएको छ । प्युठान नगरपालिका-७ बाग्दुला टिकुरी बसर्पाक नजिकै अन्दाजी ३५र४० वर्षीया महिलाको शव भेटिएको हो । मृतकको परिचय खुलेको छैन । वर्षापछि आएको बाढीले झिमरुक नदि आसपासका चार घर भत्काएको छ । उनको मृत्युको कारण यकिन भइनसके पनि ती महिलालाई बाढीले बगाएर ल्याएको प्रहरीको अनुमान छ ।
पानी र हावाहुरीले प्युठान जिल्लाका विभिन्न स्थानको जनजीवन प्रभावित बनाएको छ । प्युठानका मुख्य सडक बग्दुला मञ्छि, बाग्दुला बाहने र मञ्छि ढाडा सडक बाढीले अवरुद्ध पारेको स्थानीयले बताए ।
बाढीले जिल्लाको झिमरुक क्षेत्रमा एक बस, एक पिकअप दुई मोटरसाईकल र एक स्कुटर डुबाएको छ । खोलाले खेतवारीमा लगाएको बाली नष्ट गरेको स्थानीयले बताएका छन् । जिल्ला प्रहरी कार्यालय प्यूठानले एक्कासी आएको हावा हुरी सहितको बर्षाले जिल्लामा छिट्पुट नोक्सानी र्पुयाएको बताएको छ ।
क्षतिको एकिन विवरण संकलन र उद्धारमा सुरक्षाकर्मीहरु परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए । उपल्लो प्युठानको गौमुखी क्षेत्रमा पानि परेर खहरेभेल उर्लिएपछि झिमरुकको बहाव बढेको हो ।
प्रतिक्रिया