मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको सिद्धार्थ क्याम्पसमा विहीबार सरस्वती मन्दिरको उद्घाटन गरिएको छ । स्वतन्त्र विद्यार्थी युनियनको पहलमा निर्माण भएको मन्दिरको प्रदेश सांसद विष्णु पन्थीले विहीबार शुभारम्भ गर्नुभयो । क्याम्पसको प्राङ्गणमा विहीबार एक कार्यक्रम गरी मन्दिरको सुभारम्भ गरिएको हो ।
शुभारम्भ समारोहका प्रमुख अतिथि सांसद पन्थीले ज्ञानदाता भगवान सरस्वतीको मन्दिर स्थापनाले क्याम्पसको शैक्षिक गुणस्तर वृद्धिमा थप टेवा पुग्ने आफूले अपेक्षा गरेको बताउनु भयो ।
सांसद पन्थीको पहल, क्याम्पस र कृषि विकास बैङ्कको सहयोगमा मन्दिरको स्थापना भएको हो । स्ववियु सभापति शुशिल खत्रीको स्वागतमा सम्पन्न कार्यक्रममा क्याम्पस प्रमुख खेमराज शर्मा लगायतको उपसिथिति रहेको थियो ।
१६ जेष्ठ २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया