नवलपरासी ।
देवचुली नगरपालिकामा बस र ट्रक ठोक्किँदा दुई जनाको ज्यान गएको छ भने अन्य २३ जना घाइते भएका छन् ।
दुर्घटनामा नवलपरासी पूर्व गैँडाकोट नगरपालिका-१४ की ६५ वर्षीया कुमारी सुनारी र गैँडाकोट नगरपालिका-१८ की ७० वर्षीया जमुना मापछनको ज्यान गएको हो ।
त्यस्तै घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिनुभयो ।
पूर्व=पश्चिम राजमार्ग अन्तर्गत देवचुली नगरपालिका २ हमाल चोकमा ना ४ ख ५२९५ नम्बरको बस र ना २ ख ४८९० नम्बरको ट्रक एक आपसमा ठोक्किएको थियो । दुर्घटनामा परेका दुई जनाको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा ज्यान गएको हो ।
दुर्घटनामा परेर घाइते भएका एक जनाको पुरानो मेडिकल कलेज, १३ जनाको मनकामना अस्पताल चितवन, ८ जनाको नयाँ मेडिकल कलेज भरतपुर र एक जनाको प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
१६ जेष्ठ २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया