१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

बार भत्काइदिएपछि क्रिकेट रंगशाला निर्माण स्थगित



चितवन ।
चितवनको रामपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको निर्माणको सबै काम स्थगित भएको छ । बुधबार रंगशाला निर्माण परिसरको जस्तासहितको तारबार केही असन्तुष्ट स्थानीयले डोजर लगाएर भत्काएपछि तत्कालका लागि निर्माण स्थगित गरिएको धुर्मुस सुन्तली फाउण्डेसनले जनाएको छ ।
फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले एक विज्ञप्ती निकालेर सुरक्षित वातावरणमा काम गर्ने अवस्था नभएसम्म सम्पुर्ण काम यथास्थितिमा स्थगित गरिएको जनाएका हुन् । यसअघि पनि कर्मचारीसँगै कामदारलाई धम्क्याउने, थर्काउने समूहले डोजर लगाएर तारबार भत्काएपछि काम गर्ने वातावरण नभएको विज्ञप्तीमा जनाइएको छ । विज्ञप्तीमा छलफलबाट समस्या समाधानको प्रयास हुँदाहुँदै अराजक समूहले क्षति र्पुयाएको घटनाप्रति सरकारको ध्यानाकर्षण र भर्सना गरिएको छ ।
धुर्मुसले निर्माणमा खटिने कर्मचारीको जिउ ज्यान र भौतिक सम्पत्तिको सुरक्षामाथि खतरा भइ गम्भीर परिस्थिति सिर्जना भएकाले स्थगित गएिको जनाएका छन् । उनले सहयोगी दाताहरुमा पर्न गएको असुविधाप्रति क्षमा मागेका छन् ।

प्रकाशित मिति : १६ जेष्ठ २०७६ बिहिबार ००:००  १२ : ५७ बजे