चितवन ।
धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा बनाइरहेको अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशालाको टिनको बार बुधबार विहान भत्काए पछि फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले रुदै आफूले यो भन्दा करुणिक दृश्य नदेखेको बताएका छन्।
बुधबार बिहानै केही मानिसहरुले डोजर लगाएर रंगशालाको पर्खाल भत्काएका थिए। कृषि तथा वनविज्ञान विश्वविद्यालयको जग्गामा निर्माणाधीन रंगशालाको स्टिल र तारबार भत्काएसँगै धुर्मुस अर्थात् सिताराम कट्टेलले यस कार्यलाई राजनीतिबाट प्रेरित भएको वताएका छन्।
उनले रंगशाला निर्माणमा खटिएका आफ्ना कर्मचारीहरुलाई समेत धम्की आउने गरेको बताए। फाउन्डेसनले मंगलबारमात्र रंगशालाको जग्गालाई बार लगाएको थियो।
तर स्थानीयले सडक निर्माणका लागि केही जग्गा छाडेर तारबार लगाउन फाउन्डेसनलाई भन्दै आएका थिए।
फाउन्डेसनले रंगशालाको विस्तृत अध्ययन प्रतिवेदन आएपछि त्यसबारे निर्णय लिने बताएको थियो तर केही स्थानीयले भने बिहानै डोजरले रंगशालाको तारबार भत्काइदिए।
उनले अराजक शैलीमा छलफल नगरी रंगशालाको बार भत्काइएको बताएका छन्। उनले यस कार्यलाई राष्ट्रिय गौरवको योजनालाई भत्काइएको र नेपाली जनताको लगानीमा आँच पुग्ने कार्य भएको प्रतिक्रिया जनाएका छन्।
१५ जेष्ठ २०७६ बुधबार ००:००
0
Shares
प्रतिक्रिया