रचना खासु मगर, तौलिहवा ।
गणतन्त्र दिवसको अवसरमा कपिलवस्तु कारागारका तीन जना कैदी रिहा भएका छन् । राम्रो चाल चलन र ५० प्रतिशत बढी कैद सजाय भुक्तान गरेको आधारमा उनीहरु रिहा भएका हुन् ।
यसरी रिहा भएकाहरुमा साबिक मायादेवी गाउँपालिका साबिक पतरिया गाबिसका सवारी ज्यान मुद्धाका नारायण कोहार, कैलालीका चोरी मुद्धाका प्रदीप पौडेल तथा कर्तब्य ज्यान मुद्धाका बुद्धुभूमि नगरपालिका– १ का राधेश्याम थारु रहेको जेलर संतोष थापाले बताए ।
रिहाईका लागि कारागारले गृह मन्त्रालयमा सिफारिस गरी पठाईएको थियो । उता गणतन्त्र दिवसमा प्रदेश नम्बर ५ बाट ५४ जना कैदी रिहा भएका छन् । सबै भन्दा बढी दाङबाट १८ जना रहेका छन् ।
१५ जेष्ठ २०७६ बुधबार ००:००
2
Shares
प्रतिक्रिया