मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुमा मनाईएको गणतन्त्र दिवस औपचारिकतामा सीमित बनेको छ । कार्यक्रममा देखिएको सहभागीले कार्यक्रमका लागि मात्र कार्यक्रम राखिएको हो भन्ने देखिएको हो । दिवसको रन्को कर्मचारीलाई मात्र लागेको कार्यक्रमले देखिएको छ ।
गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा गरिएको कार्यक्रममा देखिएको सहभागीताले यस्तो भान भएको हो । दिवस मनाउन जिल्ला समन्वय समितिका प्रमुख नारायण खनालको संयोजकत्वमा मुल समारोह समिति गठन गरिएको थियो । समितिले मंगलवार दौड र म्युजीकल चियर गेम तथा बुधवार प्रभातफेरी र समारोह कार्यक्रम गरेको छ ।
बुधवार बिहान तौलिहवामा दिवसका अवसरमा गरिएको प्रभातफेरी र समारोहमा जन प्रतिनिधि र राजनीतक दलको तर्फबाट मात्र ६ जनाको सहभागीता थियो । सुरक्षाकर्मी, कर्मचारी सहीत कार्यक्रममा ५० देखि ६० जनाको मात्र सहभाथ।गीता थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नारायण खनाल, प्रदेश सदस्य फौजिया नसिम उप प्रमुख तारावती चौधरी, समन्वय समितिका सदस्य कुन्ती पासी, तेज बहादुर रायमाझी, कपिलवस्तु नगरपालिका वडा नम्बर १ की वडा सदसय कौशल्या गुप्ता तथा नेकपाका किरण देवकोटा मात्र सहभागी थिए ।
प्रमुख अतिथि रहेकी प्रदेश सदस्य नसिम भने कार्यक्रम सकिन लाग्दा मात्र कार्यक्रममा उपस्थित भएकी थिईन । समन्वय समितिका प्रमुख खनालले दलका नेता र जनप्रतिनिधिहरुलाई पत्राचार गरिए पनि कायक्रममा केवल आधा दर्जन मात्र जनप्रतिनिधि आएकोमा दुःख ब्यक्त गरे ।
कार्यक्रममा कर्मचारी र सुरक्षाकर्मीको सहभागीतालाई समेत ब्याध्यात्मक जस्तो थियोे । प्रशासन कार्यालयले कर्मचारीहरुलाई कार्यक्रममा सहभागी हुन पत्राचार गरिएकाले उनीहरु कार्यक्रममा सहभागी भएको नभए उनीहरु पनि कार्यक्रममा आउने थिएनन् एक कर्मचारीले भने ।
जन प्रतिनिधि र दलका प्रतिनिधिहरुको बेवास्ता र कर्मचारीहरुको मात्र सहभागीले कार्यक्रम खल्लो देखिएको थियो । कार्यक्रममा गणतन्त्र स्थापना भएको ११ बर्ष बिति सक्दा अझै जनताहरुले गणतन्त्रको अनुभुति गर्न नपाएको गुनासो गरेका थिए । गैर सरकारी संस्था महासंघका जिल्ला अध्यक्ष प्रबीण श्रीवास्तवले अझै सम्म जनताले वास्तविक गणतन्त्रको अनुभुति गर्न नपाएको बताए । मुलुकमा अझै हत्या हिंसा त्रास, बलत्कार, भ्रष्ट्राचार बढेकोले गणतन्त्र केवल नारामा सीमित भएको उनले बताए । उनले सरकारले शान्ति स्थापनामा बिशेष पहल गर्नु पर्नेमा जोड दिए ।
यस्तै सोही अवसरमा नेकपाका नेता किरण देवकोटाले सरकारले शान्ति अमनचयनमा बिशेष ख्याल गर्नु पर्ने बताए । सो अवसरमा प्रमुख प्रदेश सदस्य नसिम, जिल्ला न्यायधिश लोकजंग शाह, प्रजिअ अर्जुन प्रसाद पोख्रेलले स्थायी शान्ति कायम गर्नु पर्नेमा जोड दिए । सो अवसरमा दौड र म्युजीकल चियर प्रतियोगीतामा बिजयी भएका खेलाडीहरुलाई पुरस्कृत गरिएको थियो ।
प्रतिक्रिया